२०८३ असोज २३ गते शुक्रबार

मोदीलाई कालो झन्डा देखाउने महिलालाई पहिला हिरासतमा लगियो, अहिले गोली हानियो

मोदीलाई कालो झन्डा देखाउने महिलालाई पहिला हिरासतमा लगियो, अहिले गोली हानियो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २० गते मंगलबार १२:१६

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई डेढ महिनाअघि कालो झन्डा देखाएकी एक महिलालाई गोली हानिएको छ। बिबिसी हिन्दीका अनुसार सोमबार साँझ उत्तर प्रदेशकी रिता यादवलाई अज्ञात समूहले गोली हानेको हो। खुट्टामा गोली लागेकी यादवको अहिले...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई डेढ महिनाअघि कालो झन्डा देखाएकी एक महिलालाई गोली हानिएको छ।

बिबिसी हिन्दीका अनुसार सोमबार साँझ उत्तर प्रदेशकी रिता यादवलाई अज्ञात समूहले गोली हानेको हो। खुट्टामा गोली लागेकी यादवको अहिले उपचार भइरहेको छ। उनलाई गोली हान्नेहरू फरार छन्।

यादवले गत नोभेम्बर १६ मा पूर्वाञ्चल एक्सप्रेस वेको लोकार्पण गर्न जाँदा सुल्तानपुरमा मोदीलाई कालो झन्डा देखाएकी थिइन्। उनलाई तत्काल प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको थियो। दुई दिनपछि उनी जमानतमा रिहा भएकी थिइन्।

पहिला समाजवादी पार्टीमा रहेकी रिता गत डिसेम्बरमा कंग्रेस आई पार्टीमा प्रवेश गरेकी थिइन्।

प्रकाशित मिति २०७८ पुस २० गते मंगलबार १२:१६

हजुरको प्रतिक्रिया