२०८३ असोज २३ गते शुक्रबार

‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानमा तमु धिं नेपालको साथ, सरसफाईमा २ सय बढीको सहभागिता (तस्बिरहरु)

‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानमा तमु धिं नेपालको साथ, सरसफाईमा २ सय बढीको सहभागिता (तस्बिरहरु)

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ भदौ २७ गते शनिबार ०४:४८

‘आज हामी यहाँ एउटा सामान्य सरसफाई कार्यक्रमका लागि मात्र भेला भएका होइनौँ, उनले भनिन्, ‘आफ्नो समुदाय, आफ्नो शहर र सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न एक ठाउँमा जुटेका हौँ ।’
सफा शहर सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानमा सबैको साथ र सहयोग हुनुपर्ने बताइन् ।

पोखरा ।  तमु धिं नेपाल केन्द्रीय समितको आयोजनामा पोखरा रंगशालामा शनिबार सरसफाई तथा गोडमेल गरिएको छ ।

कास्की जिल्ला खेलकुद विकास समितिले सञ्चालन गर्दै आएको ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियान अन्तर्गत तमु धिं नेपालको आयोजनामा आज रंगशाला परिसरमा सरसफाई गरिएको हो ।

सो अवसरमा बोल्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहेकी गण्डकी प्रदेश सभा सदस्य सरस्वती गुरुङले तमु धिंको परिचय दिन मात्रै नभई सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न एक ठाउँमा जुटेको बताइन् ।

‘आज हामी यहाँ एउटा सामान्य सरसफाई कार्यक्रमका लागि मात्र भेला भएका होइनौँ, उनले भनिन्, ‘आफ्नो समुदाय, आफ्नो शहर र सार्वजनिक सम्पत्तिप्रतिको जिम्मेवारी र अपनत्व प्रस्तुत गर्न एक ठाउँमा जुटेका हौँ ।’
सफा शहर सबैको साझा जिम्मेवारी भएको उल्लेख गर्दै ‘ग्रीन रंगशाला, क्लिन रंगशाला’ अभियानमा सबैको साथ र सहयोग हुनुपर्ने बताइन् ।

तमु धिं नेपालले आयोजना गरेको सो सरसफाई कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता रहेको थियो । सहभागीहरूले रंगशाला परिसरमा रहेका फोहोर संकलन गर्नुका साथै झारपात हटाउने, गोडमेल गर्ने र परिसर सफा गर्ने काम गरेका थिए ।

रंगशालालाई स्वच्छ, हरियालीयुक्त र व्यवस्थित बनाउने उद्देश्यले सञ्चालन गरिएको अभियानमा हरेक साता पोखराका विभिन्न संघसंस्थाले ऐक्यबद्धता जनाउँदै सरसफाइमा सहभागिता जनाउँदै आएका छन् ।

कास्की जिल्ला खेलकुद विकास समितिले रंगशालाको वातावरण स्वच्छ राख्न तथा खेलकुदसँगै सरसफाई र वातावरण संरक्षणको सन्देश प्रवाह गर्न अभियानलाई निरन्तरता दिइरहेको छ । यसअघि खाली स्थानमा कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरुङको अगुवाईमा वृक्षारोपण गरिएको थियो ।

प्रकाशित मिति २०८३ भदौ २७ गते शनिबार ०४:४८
हजुरको प्रतिक्रिया