२०८३ असोज २३ गते शुक्रबार

जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?– एमाले सांसद बराल

जनता भोकमरीमा पर्न थाले, सिंहदरबारको खरानीमा घुँडा टेकेको हो सरकार ?– एमाले सांसद बराल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १ गते बिहीबार ०३:२४

पोखरा । नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आलोचना...

पोखरा ।

नेकपा (एमाले)की सांसद एशुदाकुमारी बरालले बढ्दो महंगी नियन्त्रण तथा खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन पहल गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना गरेकी छिन् ।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो आलोचना गरेकी हुन् । उनले बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? भन्दै प्रश्न गरिन् ।

उनले बजारमा खाना पकाउने ग्यास नपाउँदा सर्वसाधारण भोकै बस्नुपर्ने अवस्था सिर्जना भएको जिकिर गरिन् । ग्यास अभाव र दैनिक उपभोग्य वस्तु महंगीँदा समेत सरकार जवाफदेही हुन नसकेको आरोप पनि लगाइन् ।

उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै विगतमा नैतिकताको कुरा गर्ने सरकारले अहिले जनताको आधारभूत आवश्यकतासमेत सम्बोधन गर्न नसकेको आरोप पनि लगाइन् ।

उनले भनिन्, ‘सरकारलाई ध्यान छ कि छैन, जनता भोकमरीमा पर्न थाले । हिट्लरले ग्यास चेम्बरमा मान्छे हालेर मारेको थियो । के बालेन्द्र सरकारले जनतालाई भोकै मार्न थालेको हो ? निरङ्कुशता शैली हो ? मान्छेहरु ग्यास नपाएर भोकै छन्, किन ग्यास छैन, किन महंगी भयो भन्ने कुरामा सरकार किन जवाफदेही हुँदैन । यो कुरा सरकारले कहिले सुन्छ ? जेनजीको रगतमा टेकेर सिंहदरबारमा खरानीमा घुँडा टेकेको हो सरकारले ? हिजोको दिनमा नैतिकता कुरा गर्नुहुन्थ्यो यही हो नैतिकता ? यो विषयमा सरकारलाई स्पष्ट जवाफ दिनको लागि निर्देश गरिदिनको लागि माग गर्दछु ।’

ग्यास अभाव र महंगी नियन्त्रणका विषयमा सरकारलाई जवाफको लागि रुलिङ गर्न उनको माग छ ।

प्रकाशित मिति २०८३ असोज १ गते बिहीबार ०३:२४
हजुरको प्रतिक्रिया