२०८३ असोज २३ गते शुक्रबार

गणेशमान सिंहको २९ औँ स्मृति दिवसमा शोभा भगवतीमा माल्यार्पण

गणेशमान सिंहको २९ औँ स्मृति दिवसमा शोभा भगवतीमा माल्यार्पण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २ गते शुक्रबार ११:३५

काठमाडौँ । लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंको शोभा भगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरिएको छ । गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली काँग्रेसका...

काठमाडौँ ।

लौह पुरुष गणेशमान सिंहको २९ औँ स्मृति दिवसको अवसरमा शुक्रबार काठमाडौंको शोभा भगवतीस्थित उहाँको शालिकमा माल्यार्पण गरिएको छ ।

गणेशमान सिंह फाउण्डेशनको आयोजनामा भएको कार्यक्रममा गणेशमान सिंहका पुत्र एवं नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहको उपस्थितिमा शालिकमा पुष्पगुच्छा अर्पण तथा माल्यार्पण गरिएको हो ।

कार्यक्रममा गणेशमान सिंहले नेपालको लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानको स्मरण गरिएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अग्रणी नेता सिंहलाई सम्मान गर्दै प्रत्येक वर्ष उनको स्मृति दिवस विभिन्न कार्यक्रमसहित मनाइँदै आएको छ ।

गणेशमान सिंहको २९ औँ स्मृति दिवसका अवसरमा शुक्रबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी उनको योगदानको स्मरण तथा सम्मान गरिँदैछ ।

लोकतन्त्र स्थापनाका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका सिंहलाई नेपाली राजनीतिमा त्याग, निष्ठा र संघर्षका प्रतिकका रूपमा स्मरण गरिँदै आएको छ ।

प्रकाशित मिति २०८३ असोज २ गते शुक्रबार ११:३५
हजुरको प्रतिक्रिया