२०८३ असोज २३ गते शुक्रबार

दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल

दशैँ–तिहारलगत्तै सरकारको प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध सडकमा उत्रिन्छौँः दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज २ गते शुक्रबार ०३:४८

पोखरा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं, तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन...

पोखरा ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहालले दशैं, तिहारलगत्तै सरकारविरुद्ध सडक आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

शुक्रबार अखिल नेपाल किसान महासंघको केन्द्रिय समितिको पूर्ण बैठकलाई काठमाडौंमा सम्बोधन गर्दै गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

उनले कथाकथित नयाँ भनिएको सरकारले सुकुम्बासी तथा अव्यवस्थित नागरिक, मजदुर, किसान, विद्यार्थी तथा ट्रेड युनियनमाथि दमन गरेको आरोप पनि लगाए ।

उनले सरकारका गतिविधि तथा कार्यशैलीविरुद्ध प्रतिपक्षी दलहरुलाई एक ठाउँमा ल्याउने कार्य भइरहेको पनि बताए ।

उनले चाडपर्वपछि देशको परिस्थितिको मूल्यांकन गर्दै सरकारका गतिविधिविरुद्ध आन्दोलनमा उत्रिने तयारी भइरहेको बताए ।

उनले सरकारका गतिविधि र कार्यशैलीका कारण जनता रहेको भ्रम क्रमशः हट्दै गएको पनि बताए ।

पुनः जनतामा पुराना तथा स्थापित राजनीतिक दल, नेता र उनीहरुको एजेडाप्रति आकर्षण बढ्दै गएको दाबी उनले गरे ।

उनले भने, ‘हामी बिस्तारै सदनभित्र सबै प्रतिपक्षहरूलाई एक ठाउँमा पारेका छौँ । सरकारले सुकुम्बासी, मजदुर, किसान, विद्यार्थी, बुद्धिजीवी, ट्रेड युनियन या मजदुर आन्दोलनका सबै सहयात्रीहरूमाथि पनि अहिलेको तथाकथित नयाँ भनिएको सरकारले दमन सुरु गरेको छ, ज्यादती र अत्याचार गरेको छ । त्यसका विरुद्ध बृहत संयुक्त मोर्चा बनाएर आन्दोलनमा जानुपर्ने आवश्यकता छ । हामी त्यसको पनि तयारीमा छौँ । चाँडपर्वपछिको देशको परिस्थिति हेरेर हामीले फेरी प्रतिक्रान्तीकारी षड्यन्त्रका विरुद्ध एउटा नयाँ पहलकदमी, एउटा नयाँ प्रतिवाद, एउटा नयाँ आन्दोलन सृष्टि गर्नुछ । हामीलाई विश्वास छ, अहिले केही महिनाभित्रै यो नयाँ भनिएका सरकारका क्रियाकलापले जनतामा जुन दिग्भ्रमजस्तो भएको थियो, त्यो अब चिरिँदै छ । जुन भ्रम थियो त्यो च्यातिँदै छ । र एउटा नयाँ ढंगले फेरि स्थापित पार्टीहरु, स्थापित नेताहरु र उनीहरुको एजेण्डाप्रति जनताको आकर्षण दिनप्रतिदिन बढ्दै छ । हामी मधेश, वागमती वा देशका जुनसुकै क्षेत्रमा जाँदा मैले के महसुस गरेको छु भने, जनतामा फेरी नेपाली कम्युनिष्ट पार्टीप्रतिको आकर्षण बढ्दो छ । हामी सबै आआफ्नजो ठाउँबाट जनतामा गयौँ र जनतालाई बुझाउन सक्यौँ भने ननता छिट्टै हाम्रो आन्दोलनमा आउनसक्ने अवस्था छ ।’

सरकारले नागिरकको पक्षमा काम गर्न नसकेको संयोवक दाहालको आरोप छ ।

प्रकाशित मिति २०८३ असोज २ गते शुक्रबार ०३:४८
हजुरको प्रतिक्रिया