२०८३ असोज २३ गते शुक्रबार

झापामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध वृहत खोप अभियान शुरु, ३० वर्ष माथिकालाई लगाउन आग्रह

झापामा जापानिज इन्सेफ्लाइटिसविरुद्ध वृहत खोप अभियान शुरु, ३० वर्ष माथिकालाई लगाउन आग्रह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ६ गते मंगलबार ११:५१

उनले भने, ‘जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च शतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो । लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय भएको छ ।’

पोखरा ।

झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) विरुद्ध पाँच लाखभन्दा बढी नागरिकलाई खोप दिने अभियान शुरु भएको छ ।

स्वास्थ्य चौकी काँकरभिट्टामा कोशी प्रदेशका स्वास्थ्य राज्यमन्त्री उमाकान्त गौतमले खोप लगाएर अभियानको शुरुवात गरेका हुन् ,

उक्त अभियान असोज १५ गतेसम्म झापाका १५ वटै पालिकामा सञ्चालन हुने स्वास्थ्य कार्यालय झापाका प्रमुख वृजकुमार दासले बताए । उनले यो खोप पूर्णतया सुरक्षित रहेको भन्दै ३० बर्ष भन्दा माथि उमेरका सबैलाई खोप लगाउन आग्रह गरे ।

उनले भने, ‘जेईको सङ्क्रमण र मृत्युदर बढ्दै गएपछि उच्च शतर्कता अपनाउँदै खोप अभियान सञ्चालन गर्न लागिएको हो । लक्षित समूहका कोही पनि नागरिक खोपबाट नछुटुन् भन्ने उद्देश्यले स्थानीय तह र स्वास्थ्य संस्थासँग समन्वय भएको छ ।’

खोप अभियान मेचीनगर नगरपालिकाबाट शुरु भएको हो । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले तोकिएका उमेर समूह ३० बर्ष भन्दा माथिका सबैले खोप लगाउन आग्रह गरे ।

अभियानका लागि पाँच लाख ७० हजार डोज खोप प्राप्त भइसकेको कार्यालयले जनाएको छ । जिल्लाका १ सय ३१ वडामा ९ सय खोप केन्द्र स्थापना गरी खोप सेवा सञ्चालन भएको उनको भनाइ छ ।

अभियानमा करिव ५ सय स्वास्थ्यकर्मी, ६ सय ११ महिला स्वास्थ्य स्वयंसेविका र तीन हजारभन्दा बढी स्वयंसेवक परिचालित भएका छन् ।

देशभरमै झापामा जेई सङ्क्रमण उच्च रहेकाले यहाँबाटै खोप अभियान सञ्चालन गरिएको कार्यालयले जनाएको छ । झापामा हालसम्म १३ जनामा जेई सङ्क्रमण पुष्टि भएकामा सात जनाको मृत्यु भइसकेको छ ।

संक्रमितमध्ये ५० वर्षमाथिका छ जना र आठ वर्षीय एक बालक रहेका छन् । मृत्यु भएका कसैले पनि जेईविरुद्धको खोप नलगाएको पाइएको प्रमुख दासले बताए ।

उनले गर्भवती तथा तत्काल खोप लगाउन नमिल्ने अवस्थाका बिरामीबाहेक लक्षित समूहका सबै नागरिकलाई खोप लगाउन आग्रह गरे ।

प्रकाशित मिति २०८३ असोज ६ गते मंगलबार ११:५१
हजुरको प्रतिक्रिया