२०८३ असोज २३ गते शुक्रबार

विजयपुरमा सोफा घरको शाखा विस्तार

विजयपुरमा सोफा घरको शाखा विस्तार

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ६ गते मंगलबार ११:५९

लेखनाथ । पोखरा महानगरपालिका–२६, विजयपुरमा सोफा घरको शाखा विस्तार गरिएको छ । शाखाको उद्घघाटन लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले गरेकी हुन् । सोफा घरमा ग्राहकको अर्डरअनुसारका आधुनिक डिजाइनका सोफा...

लेखनाथ ।

पोखरा महानगरपालिका–२६, विजयपुरमा सोफा घरको शाखा विस्तार गरिएको छ ।

शाखाको उद्घघाटन लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष जानुका पराजुली अधिकारीले गरेकी हुन् ।

सोफा घरमा ग्राहकको अर्डरअनुसारका आधुनिक डिजाइनका सोफा तथा फर्निचरका दराज सेट, किचेन टेबललगायत विभिन्न सामग्री उपलब्ध हुने बताइएको छ ।

उद्घाटन कार्यक्रममा बोल्दै लेखनाथ उद्योग वाणिज्य संघकी अध्यक्ष अधिकारीले ठूलो लगानीमा स्थापना भएको सोफा घरले समयको मागअनुसार अनलाइन तथा घरदैलो सेवा उपलब्ध गराउनु सकारात्मक रहेको बताइन् ।

उनले बजार व्यवस्थापन, सुशासन र सुरक्षालगायतका विषयमा लेखनाथ उद्योग वाणिज्य संघको साथ रहने उल्लेख गर्दै निजी क्षेत्रको उत्थानमा संघले सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

मानव जीवनका विभिन्न चरणमा घर, होटल, मन्दिर, बैठक कोठा, विद्यालय तथा कलेजको सजावटदेखि विवाह, व्रतबन्ध र पूजाआजासम्म सोफा तथा फर्निचर आवश्यक पर्ने भएकाले सर्वसुलभ मूल्यमा सामग्री उपलब्ध गराउनुका साथै होम सर्भिसको व्यवस्था गरेकोमा उनले सोफा घरलाई धन्यवाद दिइन् ।  साथै उनले सफल उद्यमी बन्न शुभकामना व्यक्त गरिन् ।

सोफा घरका प्रोप्राइटर भुवन अधिकारीले काठमाडौंको सीतापाइलास्थित उद्योगबाट सामग्री उत्पादन गरी देशका विभिन्न स्थानमा शाखा विस्तार गरिएको बताए ।

काठमाडौं, बुटवलपछि पोखराको विजयपुरमा शाखा विस्तार गर्न पाउँदा स्थानीयको साथ र सहयोग प्राप्त हुनेमा आफू आशावादी रहेको उनले बताए ।

फर्मको व्यवस्थापन तथा बजारीकरणमा केही कमी–कमजोरी भए सुधार गर्ने अवसर दिन पनि अधिकारीले आग्रह गरे ।

उनका अनुसार सोफा सेट रु. १२ हजारदेखि १ लाखसम्म, दराज रु. १३ हजारदेखि ६५ हजारसम्म, बेड रु. १० हजारदेखि ८५ हजारसम्म र डाइनिङ टेबल रु. १५ हजारदेखि ६५ हजारसम्म मूल्यमा उपलब्ध छन्।

ग्राहकका लागि निःशुल्क ढुवानीको व्यवस्था गर्नुका साथै अनलाइनमार्फत समेत अर्डर गर्न सकिने उनले जानकारी दिए ।

प्रकाशित मिति २०८३ असोज ६ गते मंगलबार ११:५९
हजुरको प्रतिक्रिया