२०८३ असोज २३ गते शुक्रबार

पाेखेरेली सपना साकार : फ्लाइ दुबईले थाल्याे नियमित उडान

पाेखेरेली सपना साकार : फ्लाइ दुबईले थाल्याे नियमित उडान

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज ७ गते बुधबार ०७:५९

पोखरा । लामाे समयकाे पर्खाइपछि अन्तत: पाेखरा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थलबाट नियमित अन्तर्राष्टिय उडान हुने भएकाे छ । बुधबार फ्लाई दुबईकाे विमान पाेखरा अवतरण भइ पुन दुबई फर्केपछि नियमित उडानकाे पाेखरेली सपनाले सार्थकता...

इतिहास लेख्ने उडानकाे सारथी पनि नेपाली

पोखरा ।
लामाे समयकाे पर्खाइपछि अन्तत: पाेखरा क्षेत्रीय अन्तर्राष्टिय विमानस्थलबाट नियमित अन्तर्राष्टिय उडान हुने भएकाे छ । बुधबार फ्लाई दुबईकाे विमान पाेखरा अवतरण भइ पुन दुबई फर्केपछि नियमित उडानकाे पाेखरेली सपनाले सार्थकता पाएकाे हाे ।

याे संगै, याे इतिहास लेख्ने उडानमा एक नेपाली पाइलटसमेत संलग्न भएका छन् । दुबईबाट पोखराका लागि बुधबार उडेको ऐतिहासिक पहिलो नियमित उडानको ककपिटमा नेपाली पाइलट सर्बजीत यादव थिए । फ्लाई दुबईमा कार्यरत पहिलो नेपाली क्याप्टेन यादवले नै यो ऐतिहासिक उडानको नेतृत्व गरेका थिए ।

सीता एयर, सिम्रिक एयर र श्री एयरलाइन्समा काम गर्दै उडान क्षेत्रको अनुभव बटुलेका यादवले सन् २००८ देखि उडान सुरु गरेका हुन् । उनी सन् २०२२ देखि फ्लाई दुबईमा कार्यरत छन् । सन् २०२५ मा क्याप्टेनमा पदोन्नति भएका यादवका लागि पनि पोखराबाट सुरु भएको यो नियमित अन्तर्राष्ट्रिय उडान विशेष थियो ।

पाइलट सर्बजीत यादव

पोखराबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय उडान लिएर दुबईतर्फ उडेको विमानको नेतृत्व नेपाली पाइलटकै हातमा हुनु संयोग मात्र थिएन, पोखराको आकाशसँग जोडिएको एउटा भावनात्मक क्षण पनि थियो । विमानमा सवार यात्रुहरूका लागि यो पोखराबाट बाहिरिने नयाँ बाटो थियो भने ककपिटमा रहेका यादवका लागि आफ्नै देशको एउटा नयाँ अन्तर्राष्ट्रिय उडानको नेतृत्व गर्ने अवसर ।

प्रकाशित मिति २०८३ असोज ७ गते बुधबार ०७:५९
हजुरको प्रतिक्रिया