२०८३ असोज २३ गते शुक्रबार

पोखरामा सीएफमोटोको बिक्री तथा सेवा केन्द्र सञ्चालनमा

पोखरामा सीएफमोटोको बिक्री तथा सेवा केन्द्र सञ्चालनमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १० गते शनिबार ०३:५५

गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटकीय केन्द्र पोखरा प्रिमियम तथा साहसिक मोटरसाइकलको बजारका रूपमा समेत विकास हुँदै गएकाले यहाँ आफ्नो उपस्थिति थप विस्तार गरिएको कम्पनीले जनाएको छ ।

पोखरा ।

प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोको पोखरामा बिक्री, सेवा तथा स्पेयर पाट्र्स केन्द्र सञ्चालनमा आएको छ ।

पोखरा उद्योग वाणिज्य संघकी अध्यक्ष शोभा गौतमले पोखरा–१० बुद्धचोकस्थित बिक्री केन्द्र तथा शिवचोकस्थित सर्भिस केन्द्रको शनिबार शुभारम्भ गरेकी हुन् ।

विक्रि केन्द्र सञ्चालनमा आएसँगै पोखरा तथा आसपासका ग्राहकले सीएफमोटोका मोटरसाइकल खरिदसँगै आधिकारिक सेवा, स्पेयर पाट्र्स तथा प्राविधिक सहयोग एउटै स्थानबाट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

मोटरसाइकल खरिदपछि सेवा सहज, व्यवस्थित र भरपर्दो हुने हिमालयन अटो नेक्सस प्रा.लिका सञ्चालक महेश कुमार श्रेष्ठले बताए ।

वितरक ऋषि ट्रेड सेन्टरले देशभर बिक्री तथा सेवा सञ्जाल विस्तार गर्ने क्रममा पोखरामा नयाँ केन्द्र सञ्चालनमा ल्याएको हो ।

गण्डकी प्रदेशको प्रमुख व्यावसायिक तथा पर्यटकीय केन्द्र पोखरा प्रिमियम तथा साहसिक मोटरसाइकलको बजारका रूपमा समेत विकास हुँदै गएकाले यहाँ आफ्नो उपस्थिति थप विस्तार गरिएको कम्पनीले जनाएको छ ।

सीएफमोटोले नेपाली बजारमा २५० डुक, ४५० एमटी, ४५० सीएल–सी, ४५० सीएल–सी बबर र ४५० एसआर–एसलगायतका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

विशेषगरी प्रिमियम तथा साहसिक मोटरसाइकलको बजारमा कम्पनीले आफ्नो उपस्थिति विस्तार गर्दै आएको जनाएको छ । ५ लाख देखि १३ लाख सम्म मुल्यको मोटरसाइकल रहेको बताइएको छ ।

उद्घाटनकै दिन आठवटा मोटरसाइकल ग्राहकलाई हस्तान्तरण गरिएको हिमालयन अटो नेक्सस प्रा.लिकी सञ्चालक रिक्की गुरुङले जानकारी दिइन् ।

उद्घाटनको अवसरमा कम्पनीले मोटरसाइकल खरिदमा २० हजार रुपैयाँसम्म नगद छुट, निःशुल्क हेल्मेट तथा ह्यान्डगार्ड उपलब्ध गराएको उनले जानकारी दिइन् ।

२५० डुक मोडलमा पाँच वर्षको इन्जिन वारेन्टीको व्यवस्था गरिएको कम्पनीको भनाइ छ ।

त्यस्तै, किस्ताबन्दीमा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकले न्यूनतम ४० प्रतिशत रकम भुक्तानी गरी मोटरसाइकल लिन सक्ने व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति २०८३ असोज १० गते शनिबार ०३:५५
हजुरको प्रतिक्रिया