२०८३ साउन २१ गते बिहीबार

पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु, सात जना घाइते

पाकिस्तानमा सडक दुर्घटनामा परी पाँचको मृत्यु, सात जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २१ गते बुधबार ०४:४०

इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् । पाकिस्ताको उत्तरपश्चिमी खैबर...

इस्लामावाद । पाकिस्तानमा पछिल्लो २४ घण्टामा भएका दुई छुट्टाछुट्टै सडक दुर्घटनामा कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य सात जना घाइते भएका स्थानीय सञ्चारमाध्यमहरुले बुधबार जानकारी दिएका छन् ।

पाकिस्ताको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स हिउँमा चिप्लिएर नदीमा खस्दा चार जनाको ज्यान गएको र छ जना घाइते भएको जनाएको छ ।

पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको चुनियान सहरनजिकै मुल्तान सडकमा ट्रक पल्टिँदा अर्को एक जनाको मृत्यु हुनुको साथै अर्को एक जना घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानमा प्रायः सडक दुर्घटनाहरु हुने गरेको पाइन्छ ।

मुख्यतया यहाँ मर्मत नगरिएका सवारी साधनहरू, जीर्ण सडकहरू र सडक सुरक्षा उपायहरूको लापरवाहीका कारण दुर्घटना हुने गरेको पाइन्छ ।

प्रकाशित मिति २०७८ पुस २१ गते बुधबार ०४:४०
हजुरको प्रतिक्रिया