२०८३ असोज २३ गते शुक्रबार

निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण

निर्वाचन आयोगद्वारा वार्षिक प्रतिवेदन राष्ट्रपति पौडेललाई हस्तान्तरण

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १५ गते बिहीबार ०४:३४

राष्ट्रपति पौडेलले संवैधानिक निकायको रूपमा रहेको निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै लोकतन्त्रको सुदृढीकरणमा आयोगको सक्रियता महत्वपूर्ण रहने उल्लेख गरे ।

पोखरा ।

निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गरेको छ ।

बिहीबार प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीसहित आयुक्तहरुको टोलीले राष्ट्रपति भवन शितलनिवासमा पुगेर सो प्रतिवेदन हस्तान्तरण गरेको हो ।

निर्वाचन आयोग ऐन, २०७३ को दफा ४४ बमोजिम आयोगले हरेक वर्ष आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेश गर्नुपर्ने संवैधानिक तथा कानूनी व्यवस्था छ ।

सोही व्यवस्था बमोजिम आयोगले पछिल्लो एक वर्षमा सम्पादन गरेका कामकारबाही, निर्वाचन व्यवस्थापन र आयोगको सुधारका क्षेत्रहरू समेटिएको प्रतिवेदन बुझाएको हो ।

प्रतिवेदन हस्तान्तरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीका साथै आयोगका अन्य आयुक्तहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा निर्वाचन आयोगका तर्फबाट हालसम्मका उपलब्धि र आगामी दिनमा आयोगले प्राथमिकतामा राखेका सुधारका कार्यहरूबारे राष्ट्रपति पौडेललाई संक्षिप्त जानकारी गराइएको थियो ।

राष्ट्रपति पौडेलले संवैधानिक निकायको रूपमा रहेको निर्वाचन आयोगले स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचनका लागि निर्वाह गरेको भुमिकाको प्रशंसा गर्दै लोकतन्त्रको सुदृढीकरणमा आयोगको सक्रियता महत्वपूर्ण रहने उल्लेख गरे ।

प्रकाशित मिति २०८३ असोज १५ गते बिहीबार ०४:३४
हजुरको प्रतिक्रिया