२०८३ असोज २३ गते शुक्रबार

बालेन्द्र सरकार संविधानअनुसार बनेको हो कि होइन ?: काँग्रेस सांसद खाती

बालेन्द्र सरकार संविधानअनुसार बनेको हो कि होइन ?: काँग्रेस सांसद खाती

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १५ गते बिहीबार ०४:४४

उनले भने, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई के कति कारणले बिना कारण १२ घण्टा बढी थुनामा राखिएको हो । सुरक्षा खतराको कारण सुरक्षित ठाउँमा राखिएको भनिएको छ । यो भनेको के हो ? कसबाट खतरा भयो ? राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई किन भेट्न दिइएन ? यो संविधान बमोजिमको सरकार हो कि होइन ? हो भने यो सरकारले संविधानको परिपालना गर्नुपर्छ कि पर्दैन ?’

काठमाडौँ ।

नेपाली काँग्रेसका सांसद खम्मबहादुर खातीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई गरिएको गिरफ्तारीबारे सरकारसँग जवाफ माग गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा बोल्दै उनले यस्तो माग गरेका हुन् । उनले सरकार संविधान र विधिको शासनअनुरुप नचलेको आरोप पनि लगाए ।

उनले यो सरकार संविधान बमोजिम बनेको हो कि होइन ? भन्दै प्रश्न पनि गरे । संविधानअनुसार बनेको सरकारले संविधानको कार्यान्वयन गर्नुपर्नेमा सरकार त्यसतर्फ अघि बढ्न नसकेको उनको भनाइ छ ।

सांसद खातीले पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ गर्नुको कारणबारे प्रधानमन्त्री तथा गृहमन्त्रीले संसदमा जवाफ दिन रुलिङको माग गरे ।

उनले भने, ‘पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई के कति कारणले बिना कारण १२ घण्टा बढी थुनामा राखिएको हो । सुरक्षा खतराको कारण सुरक्षित ठाउँमा राखिएको भनिएको छ । यो भनेको के हो ? कसबाट खतरा भयो ? राष्ट्रिय मानव अधिकार आयोगको टोलीलाई किन भेट्न दिइएन ? यो संविधान बमोजिमको सरकार हो कि होइन ? हो भने यो सरकारले संविधानको परिपालना गर्नुपर्छ कि पर्दैन ?’

उनले सरकारले संविधानको न्यायको हक, स्वतन्त्रताको हक र मानव अधिकारको हक कुण्ठित गरेको आरोप पनि लगाए ।

प्रकाशित मिति २०८३ असोज १५ गते बिहीबार ०४:४४
हजुरको प्रतिक्रिया