पोखरा ।
नेपालीहरूको महान् पर्व दशैँ, तिहार तथा छठलाई लक्षित गर्दै पोखरामा स्क्वायर मोटर्स प्रालिले ‘दशैँ मेगा एक्सचेन्ज इभेन्ट’ आयोजना गर्ने भएको छ ।
असोज १८ देखि २६ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने इभेन्टमा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद र पुराना सवारीसाधन साट्न चाहने ग्राहकलाई विभिन्न छुट तथा उपहार प्रदान गरिने कम्पनीले जनाएको छ ।
पोखराका लागि टीभीएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सको आधिकारिक बिक्रेता स्क्वायर मोटर्सले पत्रकार सम्मेलन गरी इभेन्टबारे जानकारी दिएको हो ।
इभेन्टमा ग्राहकले टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्दा १० लाख रुपैयाँसम्मको नगद उपहार पाउने कम्पनीले जनाएको छ ।
त्यस्तै, जुनसुकै ब्रान्डका पुराना मोटरसाइकल तथा स्कुटर साट्दा बजारमा उपलब्ध उच्चतम मूल्याङ्कनको व्यवस्था गरिएको स्क्वायर मोटर्सका अध्यक्ष आदर्शमान श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार ग्राहकले गोल्डेन की र शतप्रतिशत नगद फिर्तालगायतका आकर्षक योजना पनि प्राप्त गर्न सक्नेछन् ।
नागरिकता र सवारीचालक अनुमतिपत्रका आधारमा सहज वित्तीय सुविधा, निःशुल्क अतिरिक्त सामग्री तथा भाग्यशाली ग्राहकलाई पाँच वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा पनि उपलब्ध गराइनेछ ।
त्यस्तै, टीभीएसका विद्युतीय स्कुटर खरिदमा १० हजार रुपैयाँसम्म नगद छुटको व्यवस्था गरिएको छ । इभेन्टमा सहभागी ग्राहकले हरेक हप्ता २.५ ग्रामको सुनको सिक्का जित्ने अवसरसमेत पाउनेछन् ।
कम्पनीले विभिन्न मोडलका मोटरसाइकल तथा स्कुटरमा छुट र उपहारका साथै टेस्ट राइडको सुविधा पनि उपलब्ध गराउने जनाएको छ ।
कम्पनीका प्रबन्धक सन्तोष पोखरेलले चाडपर्वको अवसरमा ग्राहकलाई नयाँ सवारीसाधन खरिद तथा पुरानो सवारीसाधन साट्ने अवसर प्रदान गर्न इभेन्ट आयोजना गर्न लागिएको बताए ।
उनले अमरसिंह चौरमा आयोजना हुने इभेन्टमा सहभागी भई टेस्ट राइड गर्न तथा विभिन्न छुट र उपहारको लाभ लिन ग्राहकलाई आग्रह गरे ।
प्रकाशित मिति २०८३ असोज १७ गते शनिबार ११:५४




