२०८३ असोज २३ गते शुक्रबार

पृथ्वीचोकमा राखिएका अनधिकृत टिकट काउन्टर हटाइए

पृथ्वीचोकमा राखिएका अनधिकृत टिकट काउन्टर हटाइए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १९ गते सोमबार ०३:४३

पोखरा । पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकमा अनधिकृत रूपमा सञ्चालनमा रहेका टिकट काउन्टर हटाइएको छ । पोखरा महानगरपालिकाको नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिको उपस्थितिमा...

पोखरा ।

पोखरा महानगरपालिका–९ स्थित पृथ्वीचोकमा अनधिकृत रूपमा सञ्चालनमा रहेका टिकट काउन्टर हटाइएको छ । पोखरा महानगरपालिकाको नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरी तथा राष्ट्रिय यातायात व्यवसायी महासंघका प्रतिनिधिको उपस्थितिमा सोमबार अनधिकृत टिकट काउन्टर हटाइएको हो ।

पृथ्वीचोकमा विभिन्न यातायात कम्पनी तथा व्यवसायीले अनुमति नलिई टिकट बिक्रीका लागि काउन्टर राख्दै आएका थिए । यसले सडक तथा सार्वजनिक स्थानको व्यवस्थापनमा समस्या देखिएको भन्दै महानगरले त्यस्ता काउन्टर हटाउन पहल गरेको थियो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका प्रतिनिधि अर्जुन पौडेलकाअनुसार पोखरा महानगरपालिका र यातायात व्यवसायी महासंघबीच अनधिकृत रूपमा राखिएका टिकट काउन्टर हटाउने सहमति भएपछि सोमबारदेखि त्यसको कार्यान्वयन सुरु गरिएको हो ।

उनले महानगर र व्यवसायीबीच भएको सहमतिअनुसार पृथ्वीचोकमा रहेका अनधिकृत काउन्टर हटाइएको बताए ।

सार्वजनिक स्थानमा जथाभावी काउन्टर राख्दा यातायात सञ्चालनसँगै यात्रु तथा सर्वसाधारणको आवागमनमा समेत असर परेको उनले बताए ।

महानगरको नगर प्रहरी, जनपथ प्रहरी र ट्राफिक प्रहरीको संयुक्त उपस्थितिमा काउन्टर हटाइएको हो ।

महानगरले सार्वजनिक स्थानको प्रयोगलाई व्यवस्थित बनाउँदै यातायात व्यवसायीलाई तोकिएको स्थानबाट मात्र सेवा सञ्चालन गर्न आग्रह गरेको छ ।

अनधिकृत रूपमा पुनः काउन्टर राखिएमा आवश्यक कारबाही गर्ने महानगरले जनाएको छ ।

 

प्रकाशित मिति २०८३ असोज १९ गते सोमबार ०३:४३
हजुरको प्रतिक्रिया