२०८३ असोज २३ गते शुक्रबार

सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी उपभोक्तालाई सहुलियत

सरकारले दसैँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी उपभोक्तालाई सहुलियत

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ असोज १९ गते सोमबार ०३:५४

पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको र दैनिक ८ लाख सम्मको विक्रि भएको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिए ।

पोखरा ।

नेपालीहरुको महान चाड दशैँ, तिहार र छठलाई लक्षित गर्दै दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले सञ्चालनमा ल्याइएको सुपथ मूल्य पसलमा उपभोक्ताको भिड लागेको छ ।

साल्ट ट्रेडिङ कर्पोरेसन गण्डकी प्रदेश कार्यालयले यही असोज १ गतेदेखि पोखराको पृथ्वीचोकस्थित कार्यालय परिसरमा सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

पसलबाट बजार मूल्यभन्दा सहुलियत दरमा चिनी, नुन, तेल, चामललगायत खाद्य सामग्री बिक्री भइरहेको र दैनिक ८ लाख सम्मको विक्रि भएको कार्यालय प्रमुख सागर शेरचनले जानकारी दिए ।

उनकाअनुसार सुपथ मूल्य पसल आगामी कात्तिक मसान्तसम्म सञ्चालन हुनेछ ।

“सरकारको नीतिअनुसार दशैँँ, तिहार र छठ पर्वलाई लक्षित गरेर पसल सञ्चालनमा ल्याएका हौँ । यो पसल दुई महिनासम्म सञ्चालन हुनेछ । बजार मूल्यभन्दा सस्तोमा सामग्री उपलब्ध गराएका छौँ”, उनले भने ।

सुपथ मूल्य पसलमा चिनी प्रतिकेजी रु. एक सयमा उपलब्ध गराइएको छ । एक जना उपभोक्ताले अधिकतम ५ केजीसम्म चिनी खरिद गर्न पाउने व्यवस्था गरिएको छ ।

बजारमा चिनी प्रतिकेजी रु. १ सय ४० मा बिक्री भइरहेको अवस्थामा सुपथ मूल्य पसलबाट खरिद गर्दा उपभोक्ताले प्रतिकेजी रु. ४० सहुलियत पाउने साल्ट ट्रेडिङले जनाएको छ ।

गण्डकी प्रदेशमा साल्ट ट्रेडिङ कर्पोरेसनका पोखरा र बागलुङमा कार्यालय छन् ।

दुवै कार्यालयबाट उपभोक्ताले सुपथ मूल्यमा विदाको दिन बाहेक दैनिक उपभोग्य सामग्री खरिद गर्न सक्ने जनाइएको छ ।

साल्ट ट्रेडिङले हरेक वर्ष चाडपर्वका समयमा सुपथ मुल्यका पसल सञ्चालन गरेर सहुलियतमा नागरिकलाई खाद्य सामग्री बिक्री गर्दै आएको छ ।

 

प्रकाशित मिति २०८३ असोज १९ गते सोमबार ०३:५४
हजुरको प्रतिक्रिया