२०८३ कात्तिक १० गते सोमबार

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

मोटरसाइकल दुर्घटनामा बाबु–छोराको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ६ गते बिहीबार १२:३७

अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ । दुर्घटनामा भूमिकास्थान ८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

अर्घाखाँची ।
अर्घाखाँचीको भूमिकास्थानमा मोटरसाइकल दुर्घटना हुँदा बाबु–छोराको मृत्यु भएको छ ।

दुर्घटनामा भूमिकास्थान ८ का अन्दाजी ६२ वर्षीय देवीराम आचार्य र उनका अन्दाजी २३ वर्षीय छोराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घखाँचीका प्रमुख डिएसपी दिवस जिसीले जानकारी दिए ।

भूमिकास्थान नगरपालिका–२ मा लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनास्थलमा प्रहरी प्रमुख डिएसपी जीसीको कमाण्डमा प्रहरी टोली पुगेर अनुसन्धान थालेको छ ।

प्रकाशित मिति २०८३ कात्तिक ६ गते बिहीबार १२:३७
हजुरको प्रतिक्रिया