२०८३ कात्तिक १० गते सोमबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक ७ गते शुक्रबार ०६:१०

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ । बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो । जिल्ला प्रहरी...

स्याङ्जा । स्याङ्जाको बिरुवा गाउँपालिकामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।

बिरुवा गाउँपालिका–२ की ३९ वर्षीया रेवती गुरुङले चलाएको स्कुटर सडकबाट करिब ५० मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रमेश दत्त अवस्थीका अनुसार शुक्रबार दिउँसो बिरुवा गाउँपालिका–३ ठाँटीस्थित राङखोला–बिरुवा सडकखण्डमा दुर्घटना भएको हो । स्कुटर चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको अवस्थीले बताए ।

स्कुटरको पछाडि सवार रेवतीकी १६ वर्षीया छोरी गुञ्जन गुरुङ भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी डिएसपी अवस्थीले जानकारी दिए ।

प्रकाशित मिति २०८३ कात्तिक ७ गते शुक्रबार ०६:१०
हजुरको प्रतिक्रिया