२०८३ कात्तिक १२ गते बुधबार

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै

एनपीएलमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १२ गते बुधबार ११:२८

यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

पोखरा ।

नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन् ।

यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ । पोखराले आज पहिलो खेल खेल्न लागेको हो भने सुदूरपश्चिमको यो दोस्रो खेल हो ।

यसअघि उद्घाटन खेलमा सुदूरपश्चिम लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो । हिजो भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी शुरुवात गरेका छन् ।

चितवन राइनोजले विराटनगर किङ्ग्सलाई ८ रनले अनि कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गर्यो ।

एनपीएलमा लुम्बिनी र सुदूरपश्चिमसहित विराटनगर किङ्ग्स, चितवन राइनोज, जनकपुर बोल्ट्स, कर्णाली याक्स, काठमाण्डु गुर्खाज र पोखरा एभेन्जर्स गरी ८ वटा टोली सहभागी छन् ।

तेस्रो संस्करणको यो प्रतियोगिता आउँदो मङ्सिर ५ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति २०८३ कात्तिक १२ गते बुधबार ११:२८
हजुरको प्रतिक्रिया