२०८३ कात्तिक १५ गते शनिबार

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक शुरु

समसामयिक राजनीतिक परिस्थितिबारे छलफल गर्न रास्वपाको सचिवालय बैठक शुरु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १५ गते शनिबार ०१:०८

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र संगठनभित्रका समसामयिक विषयमा छलफल गर्न पार्टीका शिर्ष नेताहरू बैठकमा सहभागी भएका छन् ।

काठमाडौँ ।

सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ ।

शनिबार काठमाडौंको चःमतीस्थित पार्टी केन्द्रिय कार्यालयमा बैठक औपचारिक रूपमा शुरु भएको हो ।

समसामयिक राजनीतिक परिस्थितिको समीक्षा र पार्टीका आगामी रणनीति तय गर्न सचिवालय बैठक डाकेको हो ।

पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, सरकारको कार्यसम्पादन र संगठनभित्रका समसामयिक विषयमा छलफल गर्न पार्टीका शिर्ष नेताहरू बैठकमा सहभागी भएका छन् ।

पत्रकार र सञ्चारमाध्यममाथिको धरपकडको विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

सरकारको उक्त कदमको रास्वपा भित्रैबाट विरोध भइरहेको छ । विज्ञप्ती जारी गर्दै रास्वपाका प्रवक्ता जगदीश खरेलले सरकारले यस कदमको जवाफ दिनुपर्ने बताएका छन् ।

बैठकमा पार्टीका पछिल्ला गतिविधि, मन्त्रिपरिषद्का निर्णय तथा सरकार सञ्चालनका सन्दर्भमा रास्वपाले खेल्नुपर्ने भुमिकाका बारेमा समीक्षा हुने बताइएको छ ।

बैठकमा प्रधानमन्त्री एवं पार्टीका वरिष्ठ नेता बालेन्द्र साह भने उपस्थित छैनन् ।

प्रकाशित मिति २०८३ कात्तिक १५ गते शनिबार ०१:०८
हजुरको प्रतिक्रिया