पोखरा ।
साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य तोलामा ८ हजार ३०० रुपैयाँले र चाँदी १७५ रुपैयाँले घटेको छ ।
यसअघि शुक्रबार प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार प्रतितोला २ लाख ७२ हजार रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, आइतबार चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा कारोबार भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा उच्च दरले सुनको मूल्य घटेसँगै नेपाली बजारमा प्रभाव देखिएको महासंघले जनाएको छ ।
गत वर्षको माघ १५ गते नेपाली बजारमा सुनको मूल्य तोलाको ३ लाख ३९ हजार रुपैयाँसम्म पुगेको रेकर्ड छ ।
प्रकाशित मिति २०८३ कात्तिक १६ गते आइतबार ११:२९