२०८३ मंसिर ९ गते मंगलबार

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्दा आजदेखि शुल्क लाग्ने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक १६ गते आइतबार ११:४७

सुरुङमार्गभित्र गति पनि तोकिएको छ । जसअन्तर्गत प्रतिघण्टा ४० किलोमिटरको गतिमा गाडी चलाउनुपर्नेछ ।

पोखरा ।

नागढुंगा–सिस्नेखोला सुरुङमार्ग प्रयोग गर्ने गाडीले आजदेखि शुल्क तिर्नुपर्ने भएको छ ।

आयोजनाका अनुसार कार, भ्यान, पिकअपलगायतका हलुका गाडीले सुरुङमार्ग हुँदै काठमाण्डौ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिदा ६० रुपैयाँ शुल्क लाग्नेछ ।

मिनी बस–ट्रक र टिपरले काठमाण्डौ भित्रिँदा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । त्यसैगरी बस तथा ट्रकका लागि काठमाण्डौ प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क तोकिएको छ ।

ठूला ट्रक तथा लरीले काठमाण्डौ प्रवेश गर्दा ६०० रुपैयाँ र बाहिरिँदा २५० रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यसअघि पहिलो चरणमा एम्बुलेन्स, दमकल र सुरक्षा निकायका गाडीलाई प्रवेश खुला गरिएको थियो ।

गएको भदौ १७ मा नागढुंगा ओरालोमा सडक भासिएर समस्या भएपछि सबै गाडीलाई हिजो शनिबारसम्म बिनाशुल्क चल्न दिइएको थियो ।

सडक बोर्डले कार्यकारी समितिको असोज १२ को निर्णय तथा राजपत्रमा गएको चैत २६ मा प्रकाशित सूचनाअनुसार आजदेखि शुल्क लिने निर्णय गरेको हो ।

शुल्क अहिलेलाई नगद वा क्यूआरबाट पनि तिर्न मिल्ने व्यवस्था गरिएको छ । युसिन–एआरटी जेभीले सुरुङ सञ्चालनको जिम्मा पाएको छ ।

सुरुङमार्गभित्र गति पनि तोकिएको छ । जसअन्तर्गत प्रतिघण्टा ४० किलोमिटरको गतिमा गाडी चलाउनुपर्नेछ ।

युसिन चिनियाँ र एआरटी नेपाली कम्पनी हो । निर्माण थालेको झण्डै ८० महिनापछि गएको साउन ११ मा नागढुंगा सुरुङमार्ग सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति २०८३ कात्तिक १६ गते आइतबार ११:४७
हजुरको प्रतिक्रिया