२०८३ मंसिर ९ गते मंगलबार

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

मधेसका मुख्यमन्त्री यादवद्वारा राजीनामा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक २९ गते शनिबार ०३:२७

बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको भन्दै राजीनामा दिएको बताए ।

पोखरा ।

मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिएका छन् ।

प्रदेश सभामा विश्वासको मत लिन बोलाइएको बैठकलाई सम्बोधन गर्दै उनले राजीनामाको घोषणा गरेका हुन् ।

बहुमत जुटाउन नसक्ने अवस्था देखिएपछि उनले पदभन्दा जनताको सेवा र विश्वास ठूलो रहेको भन्दै राजीनामा दिएको बताए ।

सत्ता साझेदार नेकपा एमालेले असोज ३० गते समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो । त्यसपछि कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीसमेत सरकारबाट बाहिरिएपछि यादव नेतृत्वको सरकार संकटमा परेको थियो ।

१०२ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ५२ सांसदको समर्थन आवश्यक थियो। अब प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

प्रकाशित मिति २०८३ कात्तिक २९ गते शनिबार ०३:२७
हजुरको प्रतिक्रिया