२०८३ मंसिर ९ गते मंगलबार

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छुः देउवा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ कात्तिक २९ गते शनिबार ०४:५३

पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उनले पार्टीप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताए ।

काठमाडौँ ।

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको बलिदानबाट बनेको काँग्रेस पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने बताएका छन् ।

शनिबार काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा केही चाहना नभए पनि पार्टीका लागि अन्तिम समयसम्म लडिरहने बताएका हुन् ।

पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उनले पार्टीप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताए ।

उनले काँग्रेस धेरै शहीदहरूको बलिदानबाट बनेको पार्टी भएको स्मरण गर्दै शहीदको रगतले भिजेको पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने जिकिर गरे ।

देउवाले आफूलाई अब केही बन्नु नरहेको भन्दै पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्नु नै आफ्नो कर्तव्य भएको बताए ।

देउवाले भने, ‘मलाई व्यक्तिगत रूपमा केही पाउनु छैन । तर पार्टीका लागि अन्तिम सास रहुन्जेल संघर्ष गर्नु मेरो कर्तव्य हो । जुन पार्टीले मलाई पाँचपटक प्रधानमन्त्री बन्ने अवसर दियो, त्यो पार्टीप्रति मेरो जिम्मेवारी र समर्पण पनि उत्तिकै हुनुपर्छ । यो पार्टी कुनै व्यक्तिले बनाएको होइन । हजारौँ नेता तथा कार्यकर्ताको त्याग, संघर्ष र बलिदानबाट निर्माण भएको पार्टी हो । यसका लागि धेरै साथीहरूले आफ्नो जीवन बलिदान दिएका छन् । यो शहीदहरूको रगत र समर्पणले बनेको पार्टी हो । त्यसैले शहीदहरूको सपना, कार्यकर्ताको त्याग र जनताको विश्वासबाट बनेको यस पार्टीलाई कसैले आफ्नो नियन्त्रणमा राख्न सक्दैन । कसैले चाहँदैमा पार्टीको इतिहास, विचार र अस्तित्व समाप्त गर्न सक्दैन ।’

देउवाले पार्टीको इतिहास, योगदान र बलिदानको सम्मान गर्दै काँग्रेसको संरक्षण र एकताका लागि सबैले लाग्नुपर्ने सन्देश दिए ।

प्रकाशित मिति २०८३ कात्तिक २९ गते शनिबार ०४:५३
हजुरको प्रतिक्रिया