२०८३ मंसिर ९ गते मंगलबार

जनताको कुरा सुन्न दुई महिने मेची–महाकाली पदयात्रामा अमरेशकुमार सिंह

जनताको कुरा सुन्न दुई महिने मेची–महाकाली पदयात्रामा अमरेशकुमार सिंह

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर १ गते सोमबार ११:२१

उनले पदयात्रालाई देश र समाज जोड्ने अभियान भएको बताए । जात, धर्म, पहाड–मधेस तथा वर्ग समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उनको भनाइ छ ।

पोखरा ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंह जनताको समस्या र गुनासा सुन्न दुई महिने मेची–महाकाली पदयात्रा गर्न मेची प्रस्थान गरेका छन् ।

जात, धर्म, वर्ग र भूगोलका नाममा हुने विभाजन अन्त्य गर्दै राष्ट्रिय एकता मजबुत बनाउने तथा जनताको वास्तविक समस्या बुझ्ने उद्देश्यले पदयात्रा गर्न लागेको उनले बताएका हुन् ।

सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा सिंहले मंगलबार बिहान मेचीको किनारबाट शुरु हुने पदयात्रा आगामी माघ १ गते मकर सङ्क्रान्तिका दिन महाकालीको किनारमा पुगेर समापन हुने जानकारी दिए ।

उनले पदयात्रालाई देश र समाज जोड्ने अभियान भएको बताए । जात, धर्म, पहाड–मधेस तथा वर्ग समुदायका नाममा समाजमा द्वन्द्व हुन नहुने भन्दै सबै नेपालीलाई एकताको सूत्रमा बाँध्नुपर्ने उनको भनाइ छ ।

सिंहले पदयात्राको अर्को मुख्य उद्देश्य जनताका कुरा सुन्नु रहेको बताए । अहिलेसम्म नेताहरूले जनतालाई आफ्ना कुरा सुनाउने गरेको उल्लेख गर्दै उनले यसपटक जनताकै घरदैलोमा पुगेर उनीहरूका समस्या र अपेक्षा बुझ्ने बताए ।

प्रकाशित मिति २०८३ मंसिर १ गते सोमबार ११:२१
हजुरको प्रतिक्रिया