२०८३ मंसिर ९ गते मंगलबार

वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ५ गते शुक्रबार १२:३२

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।

काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले वित्तीयि प्रणालीबाट २०० अर्ब निक्षेप खिच्न लगेको छ ।

बैंकिङ प्रणालीमा थुप्रिएको अधिक तरलता व्यवस्थापन गर्न लगातार पैसा खिचिरहेको राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आज फेरि एकैपटक अर्बौँ रुपैयाँ खिच्न लागेको हो ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने ब्याजदरमा पनि बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ ।

निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । आज अपराह्न २ बजेसम्म राष्ट्र बैंकको अनलाइन बिडिङ सिस्टममार्फत बोलकबोल हुनेछ ।

निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

यो २८ दिने निक्षेप संकलन उपकरणको आउँदो पुस ३ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ ।

यसअघि मंसिर १ मा पनि राष्ट्र बैंकले २ सय अर्ब निक्षेप खिचेको थियो ।

 

प्रकाशित मिति २०८३ मंसिर ५ गते शुक्रबार १२:३२
हजुरको प्रतिक्रिया