२०८३ मंसिर ९ गते मंगलबार

व्यावसायिक वातावरणलाई सहज पार्न राजश्व चुहावट सम्बन्धि कानून खारेज गर्न लागिएको होः दाहाल

व्यावसायिक वातावरणलाई सहज पार्न राजश्व चुहावट सम्बन्धि कानून खारेज गर्न लागिएको होः दाहाल

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०८३ मंसिर ८ गते सोमबार ०२:४४

प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलका क्रममा दाहालले विभिन्न अनुसन्धान तथा अध्ययन प्रतिवेदन, विशेषगरी उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट आएका मागका आधारमा ऐन संशोधन तथा खारेजीको प्रश्ताव अघि बढाइएको जानकारी दिए ।

काठमाडौँ ।

अर्थ मन्त्रालयले राजश्व चुहावट नियन्त्रणसम्बन्धी कानुनी व्यवस्था खारेज गर्ने प्रस्ताव अघि बढाएको छ ।

व्यावसायिक वातावरणलाई सहज र विश्वसनीय बनाउने, कानुनी दोहोरोपन हटाउने तथा विद्यमान कानुनी जटिलता न्युनिकरण गर्ने उद्देश्यले यस्तो प्रश्ताव अघि बढाइएको अर्थ मन्त्रालयका सहसचिव सुमन दाहालले बताए ।

प्रतिनिधि सभाको अर्थ समितिमा भएको छलफलका क्रममा दाहालले विभिन्न अनुसन्धान तथा अध्ययन प्रतिवेदन, विशेषगरी उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट आएका मागका आधारमा ऐन संशोधन तथा खारेजीको प्रश्ताव अघि बढाइएको जानकारी दिए ।

उनकाअनुसार हाल राजस्व चुहावट नियन्त्रणसम्बन्धी कानूनी व्यवस्थामा रहेका विषयहरूलाई सम्बन्धित कानुनमै समेट्ने प्रश्ताव गरिएको छ ।

आयकरसँग सम्बन्धित विषय आयकर ऐनमा र मूल्य अभिवृद्धि कर (भ्याट) तथा मालवस्तुको ढुवानी र ओसारपसारसँग सम्बन्धित भेहिकल एन्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम (भीसीटीएस) का विषय मूल्य अभिवृद्धि कर ऐनमा समावेश गर्ने प्रश्ताव छ ।

त्यसैगरी, भन्सार क्षेत्रभित्र तथा भन्सारबाहिर हुने चोरी पैठारी नियन्त्रणका लागि गरिने अनुसन्धानसम्बन्धी व्यवस्थालाई भन्सार ऐनमा समेट्ने तयारी गरिएको उनले बताए । ।

सहसचिव दाहालले भने,‘राजश्व चुहावट नियन्त्रणसम्बन्धी दुईवटा ऐन तथा नियमावली खारेज गर्ने प्रश्ताव गरिएको छ । विशेषगरी व्यावसायिक वातावरणलाई थप विश्वसनीय र सहज बनाउन, विभिन्न काममा देखिएको दोहोरोपन हटाउन तथा कानुनी जटिलता न्युनिकरण गर्ने उद्देश्यले यस्तो प्रश्ताव अघि सारिएको हो । पछिल्लो समय भएका विभिन्न अनुसन्धान तथा अध्ययन प्रतिवेदनहरू, विशेषगरी उच्चस्तरीय आर्थिक सुधार कार्यदलको सुझाव र निजी क्षेत्रबाट आएका मागलाई समेत मध्यनजर गर्दै ऐन संशोधन तथा खारेजीको प्रश्ताव गरिएको हो । यसअन्तर्गत हालका व्यवस्थामा रहेका मूल विषयहरूलाई सम्बन्धित कानुनमा समेट्ने प्रश्ताव छ । आयकरसँग सम्बन्धित विषयहरू आयकर ऐनमा, मूल्य अभिवृद्धि कर (भ्याट) सँग सम्बन्धित विषयहरू तथा मालवस्तुको ढुवानी र ओसारपसारसँग सम्बन्धित भेहिकल एण्ड कन्साइनमेन्ट ट्र्याकिङ सिस्टम भिसिटिएसका विषयहरू मूल्य अभिवृद्धि कर ऐनमा समावेश गरिनेछ । त्यसैगरी, भन्सार क्षेत्रभित्र तथा भन्सारबाहिर हुने चोरी पैठारी नियन्त्रणका लागि गरिने अनुसन्धानसम्बन्धी विषयहरू भन्सार ऐनमा समेट्ने गरी प्रश्ताव गरिएको छ ।’

कानुनी व्यवस्था एउटै विषयमा दोहोरिने अवस्था अन्त्य गर्दै सम्बन्धित विषयलाई सम्बन्धित ऐनबाटै व्यवस्थित गर्ने उद्देश्यले प्रश्ताव ल्याइएको दाहालको भनाइ छ ।

प्रकाशित मिति २०८३ मंसिर ८ गते सोमबार ०२:४४
हजुरको प्रतिक्रिया