पोखरा । ओरस्टे पोखरा पोखरेल समाजको सातौं साधारण सभा तथा चौथो अधिवेशनले भगवान पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । स्याङ्जाको ओरेस्टेबाट पोखरा आई बसोबास गरेका पोखरेलहरुको संस्थाको वरिष्ठ उपाध्यक्षमा डिआर पोखरेल, उपाध्यक्षमा मित्रलाल पोखरेल, सचिव डोलराज पोखरेल‘खेम’, कोषाध्यक्षमा हीरामणि पोखरेल,सहसचिवमा मिठु पोखरेल र सहकोषाध्यक्ष प्रेम पोखरेल रहेका छन् ।
उक्त अधिवेशनबाट सदस्यहरुमा अमृत पोखरेल,खिमानन्द पोखरेल,शुष्मा पोखरेल, दीनेश पोखरेल, इन्द्रप्रसाद पोखरेल, राधादेवी पोखरेल, टीकाकुमारी पोखरेल र उदय पोखरेल चयन भएका छन् । मोतिलाल पोखरेल संयोजक र नारायण पोखरेल र बाबुराम पोखरेल सदस्य रहेको निर्वाचन समितिले सर्वसम्मत रुपमा अधिवेशन सम्पन्न गरेको हो ।
यसअघि नरेश पोखरेलको अध्यक्षतामा भएको साधारण सभामा ७० वर्ष उमेर कटेका समाजका जेष्ठ सदस्य तथा एसइए उत्तीर्ण गरेका अनुज पुस्तालाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गंगाधर पोखरेल लगायतबाट उनीहरुलाई सम्मान गरिएको सचिव मित्रलाल पोखरेलले जानकारी दिए ।
प्रकाशित मिति २०७८ पुस २६ गते सोमबार ०१:१०




