२०८३ कात्तिक ११ गते मंगलबार

नाकामा कार्यरत स्वास्थ्यकर्मी आफैं संक्रमित

नाकामा कार्यरत स्वास्थ्यकर्मी आफैं संक्रमित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २७ गते मंगलबार ११:४९

नेपालगन्ज : भारतबाट फर्केकाहरुसँगै कोरोना गाउँगाउँमा नपुगोस् भन्दै नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् । पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीको...

नेपालगन्ज : भारतबाट फर्केकाहरुसँगै कोरोना गाउँगाउँमा नपुगोस् भन्दै नाकामै कोरोना भाइरसको परीक्षणका लागि खटिएका स्वास्थ्यकर्मी नै संक्रमित हुन पुगेका छन् ।

पछिल्लो केही दिनयता नेपालगन्जको जमुनाह नाकाबाट घर फर्किने नेपालीको संख्या ह्वात्तै बढेको छ । उनीहरु फर्किएसँगै नेपालमा कोरोना संक्रमणको जोखिमसमेत बढेको छ ।

नेपालगन्जस्थित नेपाल–भारत सीमानाका जमुनाहामा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जमुनाह नाकामा रहेको हेल्थ डेक्समा कार्यरत दुई जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीले बताए ।

हेल्थ डेस्कमा कार्यरत एक जना ल्याबका कर्मचारी र अर्का पारामेडिक्समा कोरोना पुष्टि भएको उनले बताए । संक्रमित दुवै जना स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकीको लक्षण देखिएको छ । हेल्थ डेस्कमै खटिएका कर्मचारी कोरोनाबाट संक्रमित हुन थालेपछि अब नाकामा स्वास्थ्य जाँच गर्न स्वास्थ्यकर्मीको अभाव हुन सक्ने ओलीले बताए ।

नाकामा १७ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ । जो दुई सिफ्टमा ड्युटी गर्छन् । मास्क, एप्रोन लगाएर काम गरिरहेका स्वास्थ्यकर्मीमा समेत कोरोनाको जोखिम छ ।भीड व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यकर्मीलाई नै सकस छ । १७ जनामा चार जना मात्र ल्याब टेक्निसियन छन् ।

भारतमा कोरोना भाइरसको संक्रमण तीव्र बनेसँगै रोजगारीका लागि भारत पुगेका नेपालीहरु घर फर्किन थालेका हुन् । भारतको दिल्ली, महाराष्ट्र, चण्डीगढ, हैदराबाद, चेन्नईबाट आएका व्यक्तिमा कोरोना संक्रमण देखिएको छ।

प्रकाशित मिति २०७८ पुस २७ गते मंगलबार ११:४९
हजुरको प्रतिक्रिया
मुग्लिन–पोखरा अब सररर

मुग्लिन–पोखरा अब सररर

२०८३ कात्तिक ११ गते मंगलबार ०५:११
दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

दशैंमा अन्नपूर्ण पदमार्ग घुम्ने पर्यटक ५ हजार ३८४

२०८३ कात्तिक ११ गते मंगलबार ०५:०४
विराटनगरमाथि चितवनको रोमाञ्चक जित

विराटनगरमाथि चितवनको रोमाञ्चक जित

२०८३ कात्तिक ११ गते मंगलबार ०४:५४