२०८३ साउन २१ गते बिहीबार

एमाले कास्की अधिवेशनमा विद्यार्थीद्वारा नाराबाजी

एमाले कास्की अधिवेशनमा विद्यार्थीद्वारा नाराबाजी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २७ गते मंगलबार ०३:५६

पोखरा । नेकपा (एमाले) १०औं कास्की जिल्ला अधिवेशनमा विद्यार्थीहरुले नाराबाजी गरेका छन् । अधिवेशन स्थल पोखरा सभागृहको गेट बाहिर विद्यार्थीहरुले फर्जी मत हाल्न प्रतिनिधिभन्दा बाहिरको व्यक्तिलाई भित्र छिराएको आरोपमा नाराबाजी गरेका...

पोखरा । नेकपा (एमाले) १०औं कास्की जिल्ला अधिवेशनमा विद्यार्थीहरुले नाराबाजी गरेका छन् । अधिवेशन स्थल पोखरा सभागृहको गेट बाहिर विद्यार्थीहरुले फर्जी मत हाल्न प्रतिनिधिभन्दा बाहिरको व्यक्तिलाई भित्र छिराएको आरोपमा नाराबाजी गरेका हुन् ।

वास्तविक विद्यार्थीलाई भोट हाल्न नदिई अन्यलाई विद्यार्थी प्रतिनिधि बनाई भित्र छिराएको आन्दोलनरत विद्यार्थीले आरोप लगाएका छन् । गैह्र प्रतिनिधिलाई भित्र छिराएकाले दामोदर बैरागी पक्षीय विद्यार्थीहरुले नाराबाजी गरेको श्रोतले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस २७ गते मंगलबार ०३:५६
हजुरको प्रतिक्रिया