२०८३ कात्तिक ११ गते मंगलबार

कास्कीका ६६ सहित गण्डकीमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

कास्कीका ६६ सहित गण्डकीमा थप १२१ जनामा कोरोना संक्रमण पुष्टि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २८ गते बुधबार ०४:२४

पछिल्लो २४ घण्टामा गण्डकीका थप १२१ जनामा कोरोना पुष्टि भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३०६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना...

पछिल्लो २४ घण्टामा गण्डकीका थप १२१ जनामा कोरोना पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयको कोरोना सम्बन्धी विज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा गण्डकीका ३०६ जनामा गरिएको नमुना परीक्षणमा उक्त संख्याका मानिसको रिपोर्ट कोरोना पोजेटिभ आएको हो ।

बुधबार संक्रमण पुष्टि हुनेमा गण्डकीका सात जिल्लाका छन् । जसअन्तर्गत कास्कीका ६६ जना, तनहुँका सात जना र नवलपुरका २१ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै स्याङ्गजाका आठ जना, बाग्लुङका ११ जना, म्याग्दीका चार जना र मुस्ताङ जिल्लाका चार जनाको परीक्षण रिपोर्ट कोरोना पोजेटिभ आएको निर्देशनालयले जनाएको छ। आज संक्रमण पुष्टि भएकासँगै गण्डकीमा कोरोना संक्रमितको कूल संख्या ८८ हजार ८८१ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा गण्डकीबाट २७ जना संक्रमणमुक्त भएका छन् । योसँगै, प्रदेशमा संक्रमणमुक्त हुनेको संख्या ८७ हजार ३ पुगेको छ। भने, अहिले प्रदेशभर ४५१ जना सक्रिय संक्रमित छन् ।

गण्डकीमा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १४२८ पुगेको निर्देशनालयले जनाएको छ ।

प्रकाशित मिति २०७८ पुस २८ गते बुधबार ०४:२४
हजुरको प्रतिक्रिया