२०८३ कात्तिक ११ गते मंगलबार

स्याङ्गजामा युवकको चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु,आमा घाइते

स्याङ्गजामा युवकको चक्कु प्रहारबाट १६ महिने बालकको मृत्यु,आमा घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २८ गते बुधबार ०४:३४

स्याङ्गजा। वालिङ नगरपालिका -१० भकुन्डेमा एक युवकले चक्कु प्रहार गरी बालकको हत्या गरेका छन्। बुधबार दिउँसो युवकको चक्कु प्रहारबाट १६ महिने बालकको उपचारका क्रममा ज्यान गएको स्याङ्गजाका डिएसपी तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले...

स्याङ्गजा। वालिङ नगरपालिका -१० भकुन्डेमा एक युवकले चक्कु प्रहार गरी बालकको हत्या गरेका छन्।

बुधबार दिउँसो युवकको चक्कु प्रहारबाट १६ महिने बालकको उपचारका क्रममा ज्यान गएको स्याङ्गजाका डिएसपी तथा प्रहरी प्रवक्ता राजेन्द्र अधिकारीले बताए। अधिकारीका अनुसार उक्त युवकको चक्कु प्रहारबाट बालककी आमा समेत घाइते भएकी छन्।

“हामीले चक्कु प्रहार गर्ने युवकलाई नियन्त्रणमा लिइसकेका छौँ। उनी अन्दाजी ३० वर्षका छन्। अहिले घटनास्थलमा हाम्रो टोलि खटिएको छ, बाँकी कुरा अनुसन्धान पश्चात खुल्ला प्रवक्ता अधिकारीले गण्डक न्युजलाई भने।”

प्रकाशित मिति २०७८ पुस २८ गते बुधबार ०४:३४
हजुरको प्रतिक्रिया