२०८३ कात्तिक ११ गते मंगलबार

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

आजदेखि सिंहदरबार प्रवेशमा कडाइ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ पुस २९ गते बिहीबार ०१:३५

काठमाडौँ । सरकारले आज बिहीबारदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । कोरोना सङ्क्रमण जोखिम बढ्दै गएकाले प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो । हिजो गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी...

काठमाडौँ । सरकारले आज बिहीबारदेखि सिंहदरबार प्रवेशमा कडाइ गरेको छ ।

कोरोना सङ्क्रमण जोखिम बढ्दै गएकाले प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार प्रवेशमा कडाइ गरिएको हो ।

हिजो गृह मन्त्रालयले सूचना निकालेर सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गरेको छ । नयाँ स्थायी, अस्थायी पास, अस्थायी परिचयपत्रका लागि गृह मन्त्रालयको पूर्वसहमति लिनुपर्नेछ । सरसफाइकर्मी र पत्रकारको हकमा सूचना विभागबाट जारी भएको परिचयपत्रका आधारमा प्रवेश दिइनेछ ।

सिंहदरबार परिसरभित्र सञ्चालन भएका चमेनागृहका लागि यसअघिकै पास र अस्थायी परिचयपत्रबाट प्रवेश दिइनेछ ।

प्रकाशित मिति २०७८ पुस २९ गते बिहीबार ०१:३५
हजुरको प्रतिक्रिया