२०८३ कात्तिक ११ गते मंगलबार

पोखराका लागि उडेको विमानको एकाएक ढोका खुलेपछि…

पोखराका लागि उडेको विमानको एकाएक ढोका खुलेपछि…

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ २ गते आइतबार ०१:३२

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा ‘प्राविधिक गडबडी’ आएसँगै विमान पुनः काठमाडौंमै फर्काइएको छ । गुण एयरलाइन्सको उक्त विमान बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । स्रोतको जानकारी उडेको...

काठमाडौं । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको विमानमा ‘प्राविधिक गडबडी’ आएसँगै विमान पुनः काठमाडौंमै फर्काइएको छ ।

गुण एयरलाइन्सको उक्त विमान बिहान १० बजे काठमाडौंबाट पोखराका लागि उडेको थियो । स्रोतको जानकारी उडेको केहीबेरमै आकाशमै विमानको ढोका खुलेको थियो । स्रोतका अनुसार विमान उडेको केहीबेरमा ककपिटमा इन्डिकेटरले एउटा ढोका लक नभएको सुचना दिएको थियो । त्यसपछि पाइलटले विमान काठमाडौंमै अवतरण गराउने निर्णय गरेका थिए ।

विमान सकुसल काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइएको छ । अहिले प्राविधिकहरूले विमानको जाँच गरिरहेका त्रिभुवन विमानस्थल नागरिक उड्ययन कार्यालयका प्रमुख भोला प्रसाद गुरागाईंले जानकारी दिए ।

प्रकाशित मिति २०७८ माघ २ गते आइतबार ०१:३२
हजुरको प्रतिक्रिया