२०८३ साउन २१ गते बिहीबार

चिनियाँ र अमेरिकन खोप लगाएका जर्मनी जान नपाउने

चिनियाँ र अमेरिकन खोप लगाएका जर्मनी जान नपाउने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७८ माघ ५ गते बुधबार ०३:४१

जर्मन सरकारले कोरोना भाइरसविरुद्ध खोप नीतिमा कडाइ गरेको छ । नयाँ नीतिअनुसार चिनियाँ र अमेरिकन खोप लगाएकाले जर्मन प्रवेश गर्न पाउने छैनन । नेपालस्थित जर्मन दूतावासले जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीहरूले कोभिसिल्ड, अस्ट्राजेनिका,...

जर्मन सरकारले कोरोना भाइरसविरुद्ध खोप नीतिमा कडाइ गरेको छ । नयाँ नीतिअनुसार चिनियाँ र अमेरिकन खोप लगाएकाले जर्मन प्रवेश गर्न पाउने छैनन ।

नेपालस्थित जर्मन दूतावासले जर्मनी र युरोपेली मुलुक जान चाहने नेपालीहरूले कोभिसिल्ड, अस्ट्राजेनिका, मोर्डना र बायोएनटेक खोप लगाएको हुनुपर्ने बताएको छ ।

चिनियाँ खोप लगाएका व्यक्तिले जर्मनी प्रवेशका लागि अनुमति नपाउने दूतावासले प्रष्ट पारेको छ ।

नेपालस्थित जर्मन दूतावासले जर्मनी प्रवेशका लागि अनुमति पाउने खोपहरूको नाम तोकेको छ। जसमा कोभिसिल्ड, अस्ट्राजेनिका, मोर्डना र बायोएनटेक रहेका छन् ।

माघ ७ गतेदेखि जर्मनीले कोरोनाविरुद्धका चिनियाँ खोपहरू भेरोसेल, सिनोफार्म र अमेरिकी खोप जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई प्रवेश अनुमति नदिने भएको हो ।

जर्मनीले पछिल्लो खोप नीति परिवर्तन गरेर चिनियाँ खोपहरू भेरोसेल र सिनोफार्म तथा अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाएका व्यक्तिलाई कुनै पनि खोप नलगाएको मानिने प्रष्ट पारेको छ ।

प्रकाशित मिति २०७८ माघ ५ गते बुधबार ०३:४१
हजुरको प्रतिक्रिया