२०८३ असोज २३ गते शुक्रबार

बन्दले जनतालाई सास्ती, तीन जना प्रहरी नियन्त्रणमा

बन्दले जनतालाई सास्ती, तीन जना प्रहरी नियन्त्रणमा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ ७ गते मंगलबार ०२:५८

प्रहरीले शंकास्पद गतिविधिमा सम्लग्न रहेको आरोपमा  ३ जनालाई नियन्त्रणमा लिएको छ ।

पोखरा, ७ भदौ

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादी लगायत ४ राजनीतिक दलले आह्वान गरेको नेपाल बन्दको असर पोखरासहित देश भर नै परेको छ । सरकाविरुद्ध चरणबद्ध आन्दोलनमा उत्रिएका विप्लव नेतृत्वको नेकपा, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादी पार्टीले संयुक्त रूपमा आज नेपाल बन्दको घोषणा आह्वान गरेका हुन्।

सरकारले ‘राष्ट्रघाती’ अमेरिकी सहयोग एमसिसी संसदबाट पारित गरेको विरोध र विभिन्न माग राखेर ४ राजनीतिक दलले आह्वान गरेको बन्दमा निजी सवारी साधन पातलो मात्रामा चलेपनि सार्वजनिक भाडाका सवरी सधान चलेका छैन । सार्वजनिक भाडाका सवारी साधन नचल्दा सर्वसाधरणले सास्ती व्यर्होनु परेको छ ।

पोखराका मुख्य बजार महेन्द्रपुल, चिप्लेढुंगा, न्युरोड, पृथ्वीचोक, बगर, विरौटा लगायतका ठाउँका पसल बन्द नै छन । भित्री सडकमा रहेका पसल आशिंक मात्र खुलेका छन् । बन्दमा हुने सक्ने सम्भावित घटनालाई मध्य नजर राखेरका पोखराका मुख्य चोकहरुमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमख अजय केसीका अनुसार अहिलेसम्म कुनै अप्रिय घटना भएको छैन ।

नक्कली बम
पोखरा महानगर पालिका वडा नम्बर २७ मा नक्कली बम फेला परेको छ । लेखनाथस्थित सुन्दर बजार नजिकै राजमार्गमा उक्त नक्कली बम भेटिएको कास्की प्रहरी प्रवक्ता डिएसपी सुन्दर तिवारीले बताए । ‘बमको कुनै मेकानिज थिएन,’ तिवारीले भने,‘ तर्साउनको लागि नक्कली बम राखिदएको हुन सक्छ । ’ सेनाको टोलीले उक्त बस्तुलाई व्यवस्थापन गरिसकेको छ ।
तीन जना नियन्त्रणमा
प्रहरीले शंकास्पद गतिविधिमा सम्लग्न रहेको आरोपमा  ३ जनालाई नियन्त्रणमा लिएको छ । विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीमा राखिएको छ । उनीहरुले बन्दको पक्षमा गतिविधि गरेको आरोप प्रहरीको छ ।

 

 

प्रकाशित मिति २०७९ भदौ ७ गते मंगलबार ०२:५८
हजुरको प्रतिक्रिया