२०८३ साउन २१ गते बिहीबार

राष्ट्रपतिलाई स्वविवेकीय अधिकार छैन : भट्टराई

राष्ट्रपतिलाई स्वविवेकीय अधिकार छैन : भट्टराई

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ ९ गते बिहीबार ०२:१०

आफूले सुझाएको १५ वुँदाको बारेमा संसदमा छलफल नगरी प्रतिनिधि सभाबाट विधेयक पारित गरिएकोमा राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट भएको स्रोतको भनाइ छ ।

पोखरा, ९ भदौ

नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले संविधानले राष्ट्रपतिलाई स्वविवेकीय अधिकार नदिएको बताएका छन् । उनले नागरिकता विधेयकलाई जोडेरे राष्ट्रपतिले सैनिक र पूर्व सैनिक अधिकारीसँग गरेको परामर्श लिनु संविधान अनकुल नभएको बताएका हुन् ।

नेपालको संविधानले राष्ट्रपतिलाई कहींकतै स्वविवेकीय अधिकार दिएको छैन’, आज व्टिट गर्दै उनले लेखेका छन्,‘चुनावको मुखमा ‘राष्ट्रवादी’ उत्तेजना फैलाएर अमुक दल र नेतालाई सघाउन खोजेको भए झन भएन ।’ राष्ट्रपति विद्यादेवी भण्डारीले दुबै सदनबाट पारित भएर प्रमाणीकरणका लागि शीतल निवास पुगेको नागरिकता विधेयकक १५ बुँदे सुझावुसहित फिर्ता गरेकी थिइन् ।

फिर्ता गरेको विधेयकलाई प्रतिनिधि सभाबाट दोस्रो पटक हुबहु पारित गरिएपछि सरकार र राष्ट्रपतिबीच टकराव उत्पन्न भएको छ । राष्ट्रिय सभाबाट पनि हुबहु पारित भएर नागरिकता विधेयक आए प्रमाणीकरण नगर्ने बरु राजनीमा दिने मुडमा राष्ट्रपति भएको निकट स्रोत भनाइ छ । दोस्रो कार्यकालको करिब ४ महिना मात्र समय बाँकी रहँदा राष्ट्रपतिले राजनीमा दिन सक्ने पनि आंकलन गरिएको छ । आफूले सुझाएको १५ वुँदाको बारेमा संसदमा छलफल नगरी प्रतिनिधि सभाबाट विधेयक पारित गरिएकोमा राष्ट्रपति भण्डारी सरकारसँग असन्तुष्ट भएको स्रोतको भनाइ छ ।

राष्ट्रपति भवन

 

प्रकाशित मिति २०७९ भदौ ९ गते बिहीबार ०२:१०
हजुरको प्रतिक्रिया