काठमाडौं, १० भदौ
नेकपा एमालेको केन्द्रीय कमिटीको सु्रु भएको छ । बैठक ललितपुर च्यासलस्थित पार्टी कार्यालयमा सु्रु भएको हो । यो चौंथो पूर्ण बैठक हो । आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदन,केन्द्रीय कमिटी सदस्यहरूको शपथ र कार्यविभाजन, सचिवालयका निर्णय अनुमोदन, उम्मेदवारको छनोटको मापदण्ड, स्थानीय निर्वाचन छानबिन कमिटीको प्रतिवेदनमा छलफल हुनेछ ।

त्यसै गरी सदस्यता अभिलेख व्यवस्थापन, सल्लाहकार परिषद् र तीनै आयोगका प्रतिवेदन, भारत प्रवासको कामका सम्बन्धमा नियामवली, पार्टी कामसँग सम्बन्धित केही नियमहरू निर्माण र समसामयिक प्रस्तावहरूमाथि छलफल गर्ने कार्यसूची रहेको एमालेले बताएको छ ।
बैठकमा अध्यक्ष केपी ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत भएको छ । प्रतिवेदनमा सत्तारूढ गठबन्धनका गतिविधिहरूले मुलुकको राष्ट्रियता, लोकतन्त्र र जनजीविका सवालमा संकट देखिएको उल्लेख गरिएको छ । बैठक भोलि सम्म चल्नेछ ।
प्रकाशित मिति २०७९ भदौ १० गते शुक्रबार ०२:२६