२०८३ असोज २३ गते शुक्रबार

सुकुम्बासीलाई निस्सा वितरण राेक्न निर्वाचन आयोगकाे निर्देशन

सुकुम्बासीलाई निस्सा वितरण राेक्न निर्वाचन आयोगकाे निर्देशन

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ भदौ ३१ गते शुक्रबार ०२:५८



पाेखरा महानगरले बुधबार एक कार्यक्रम आयोजना गरी निस्सा वितरण कार्यक्रमकाे औपचारिक सुरूआत गरेको थियो ।

पाेखरा
निर्वाचन आयाेगले जग्गाकाे निस्सा वितरणकाे कार्य राेक्न निर्देशन गरेकाे छ । राष्ट्रिय भूमि आयाेगलाई लालपूर्जा वितरण गर्ने लगायतका सम्पूर्ण कार्यहरू राेक्न आयाेगले निर्देशन दिएकाे हाे ।
 
आगामी मंसिर ४ गते हुने निर्वाचनलाई स्वच्छ र निष्पक्ष बनाउन भन्दै जग्गाकाे निस्सा र लालपुर्जा वितरणकाे कार्य तत्काल राेकेर २ दिनभित्र साेबारे जानकारी आफूलाई दिन आयाेगले अनुराेध गरेकाे छ ।
 
आयाेगले विभिन्न तहका सरकारलाई सरकारी तथा सरकारलाई अनुदान तथा सहयाेगबाट प्राप्त हुने सहयाेग रकमबाट कुनै पनि प्रकारकाे वैदेशिक भ्रमण नगर्न नगराउनसमेत निर्देशन दिएकाे छ । 
पाेखरा महानगरले बुधबार एक कार्यक्रम आयोजना गरी निस्सा वितरण कार्यक्रमकाे औपचारिक सुरूआत गरेको थियो । पोखरा महानगरमा निस्साका लागि १९ हजारभन्दा बढी भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीले निवेदन दिएका छन् । त्यसमध्ये बुधबारसम्म ७ हजार जनाको नाम सूचिकृत भइसकेको महानगरले जनाएको छ ।
No photo description available.
प्रकाशित मिति २०७९ भदौ ३१ गते शुक्रबार ०२:५८
हजुरको प्रतिक्रिया