२०८३ साउन २१ गते बिहीबार

पाेखरामा राेकिएन एटिएम चाेरी

पाेखरामा राेकिएन एटिएम चाेरी

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ४ गते मंगलबार ०७:०७

पाेखरा । एटिएम मेसिन फोरेर चोरी गर्न खोजेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । असोज ३ गते दिउँसो ४ः१५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.०९ नयाँबजारमा रहेको कृषि विकास बैकको एटिएम मेशिन फोरेर नगद चोरी गर्ने प्रयास...

दुई फरक बैँकको एटिएम मेसिन चोरी गर्न खोज्ने तीन जना पक्राउ

पाेखरा । एटिएम मेसिन फोरेर चोरी गर्न खोजेको आरोपमा कास्की प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।

असोज ३ गते दिउँसो ४ः१५ बजेको समयमा पोखरा महानगरपालिका वडा नं.०९ नयाँबजारमा रहेको कृषि विकास बैकको एटिएम मेशिन फोरेर नगद चोरी गर्ने प्रयास गरेको अभियाेगमा पोखरा महानगरपालिका वडा नं.१६ बस्ने वर्ष २२ को सन्दिप बस्नेतलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हाे ।

यसैगरी सोही घटनामा संलग्न भई भाग्दै गरेको अवस्थामा सोही स्थानकै वर्ष १९ को अनिस राना मगरलाई समेत पक्राउ गरिएको प्रहरीले जनाएको छ । एटिएम मेसिन चोरी हुँदै गरेको भन्ने सूचना पश्चात् वडा प्रहरी कार्यालय बैदामबाट परिचालित प्रहरीले उनीहरुलाई पक्राउ गरेकाे निमित्त प्रहरी प्रवक्ता ज्ञानबहादुर खड्काले बताए ।

यसैगरी असोज ४ गते विहान २ बजेको समयमा लेकसाईडस्थित एन. एम. बि. बैंकको एटिएम मेशिन खुकुरी प्रयोग गरी तोडफोड गरी नगद रुपैयाँ चोरी गर्न लागेको भन्ने सूचनाका आधारमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका वडा न.१ घर भई हाल पोखरा वडा नं ८ बगालेटोल बस्ने वर्ष २५ को मनोज कुमाल छन् । घटनामा संलग्नलाई चोरी उद्योग मुद्दामा दिन ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक खड्काले बताए ।

प्रकाशित मिति २०७९ असोज ४ गते मंगलबार ०७:०७
हजुरको प्रतिक्रिया