२०८३ साउन २१ गते बिहीबार

सल्यान जिप दुर्घटनामा ८ को मृत्यु

सल्यान जिप दुर्घटनामा ८ को मृत्यु

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १२ गते बुधबार ११:२७

दशैंको बेलामा एउटै गाउँका ७ जनाको जिप दुर्घटनामा मृत्यु भएपछि जलबाङ गाउँ शोकमा डुबेको छ ।

 

सल्यान

सल्यानको कपुरकोटमा बुधबार बिहान जिप दुर्घटना हुँदा ८ जनाको ज्यान गएको छ । बाँकेको ढकेरीबाट  फर्कदै गरेको रा१ज ५६३ नम्बरको जिप सल्यान कपुरकोट–३ मुलपानीमा बिहान ३ बजे दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार कपुरकोट गाउँपालिका–६ जलबाँङका २१ वर्षीय चालक जीतबहादुर बोहोरा, ३७ वर्षीय धर्मा वली, ४० वर्षीय टोपबहादुर ओली, ११ वर्षीय वसन्त वली, ३० वर्षीय सुरेश खत्री, ७० वर्षीय खुमलाल वली, ५५ वर्षीया कुमारी वली र ३५ वर्षीय ललित वलीको मृत्यु भएको छ । उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका कपुरकोट गाउँपालिका–६ जलबाँङका ३५ वर्षीय तिलक वलीको दाङको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जिप १ सय ५० मिटर तल खसेको छ । दशैंको बेलामा एकै गाउँका ७ जनाको जिप दुर्घटनामा मृत्यु भएपछि जलबाङ गाउँ शोकमा डुबेको छ ।

 

प्रकाशित मिति २०७९ असोज १२ गते बुधबार ११:२७
हजुरको प्रतिक्रिया