२०८३ साउन २१ गते बिहीबार

कांग्रेसभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आयो : महामन्त्री थापा

कांग्रेसभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आयो : महामन्त्री थापा

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज १४ गते शुक्रबार १२:५०

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताएका हुन्...

१४ असोज, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र विद्रोह गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताएका हुन् ।

उनले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो ।’

पार्टीमा अहिले चर्को असन्तुष्टि रहेको भन्दै उनले भने, ‘सन्तुलन भएन, पार्टी भित्र सबैलाई सही ढंगले हेरिएन भन्नेछ । यो सबै कुरालाई चिर्नको लागि अब पार्टीभित्र नयाँ खालको संघर्षको आवश्यक्ताको बोध हुन थालेको छ । यसको लागि युवाहरुको उपस्थितिले तागत बढाएको छ । युवाहरुलाई निराश बनाउँदिन ।’

प्रकाशित मिति २०७९ असोज १४ गते शुक्रबार १२:५०
हजुरको प्रतिक्रिया