२०८३ साउन २१ गते बिहीबार

विश्व दृष्टि दिवस : नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशत नागरिकमा अन्धोपना

विश्व दृष्टि दिवस : नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशत नागरिकमा अन्धोपना

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज २७ गते बिहीबार ०९:०३

सन् १९८१ मा कुल जनसंख्याको ०.८४ प्रतिशतमा देखिएको अन्धोपनको स्थिति सन् २०२२ सम्म आइपुग्दा यो दरमा घट्नु तुलनात्मक रूपमा सुधार देखिएपनि दृष्टिदोषको समस्या भने उल्लेखीय रूपमा नघटेको संघले जनाएको छ ।

पोखरा । आज विश्व दृष्टि दिवस ‘आँखालाई माया गरौँ’ भन्ने नाराका साथ मनाइँदै छ । विश्व दृष्टि दिवसको अवसरमा पोखरामा पनि  विविध कार्यक्रमको आयोजना गरिदैँछ । । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा झण्डै दुई अर्ब २० करोड मानिसहरूमा दृष्टिसम्बन्धी समस्या छ । झण्डै एक अर्ब जनसंख्या आँखाको उपचार सेवाबाट वञ्चित छन् ।

नेपालमा कुल जनसंख्याको ०.२८ प्रतिशत नागरिकमा अन्धोपना रहेको नेपाल नेत्रज्योति संघको पछिल्लो सर्वेक्षणले देखाएको छ । नेपालमा अन्धोपनका कारणहरूमध्ये ६५ प्रतिशत कारण मोतिबिन्दु रहेको सर्वेक्षणले देखाएको छ ।

सन् १९८१ मा कुल जनसंख्याको ०.८४ प्रतिशतमा देखिएको अन्धोपनको स्थिति सन् २०२२ सम्म आइपुग्दा यो दरमा  घट्नु तुलनात्मक रूपमा सुधार देखिएपनि दृष्टिदोषको समस्या भने उल्लेखीय रूपमा नघटेको संघले जनाएको छ ।

प्रकाशित मिति २०७९ असोज २७ गते बिहीबार ०९:०३
हजुरको प्रतिक्रिया