२०८३ साउन २१ गते बिहीबार

सत्यमोहनको शरीर नजलाई अध्ययनका लागि राखिने

सत्यमोहनको शरीर नजलाई अध्ययनका लागि राखिने

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ असोज ३० गते आइतबार ११:०५

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए ।

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीर अध्ययनका लागि नजलाई राखिने भएको छ ।

उनको शरीर नगल्ने केमिकल प्रयोग गरेर किष्ट मेडिकल कलेजमै राखिने अस्पतालका प्रोफेसर डाक्टर किशोर सिंह बस्नेतले जानकारी दिए ।

जोशीले यसअघि आफ्नो शरीर दान गर्ने घोषणा गरेका थिए । किष्ट मेडिकल कलेजमा आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको निधन भएको थियो ।

उनको पार्थिव शरीररलाई अन्तिम श्रद्धाञ्जलीका लागि आज ललितपुर महानगरपालिका परिसरमा राखिने छ । त्यसपछि शरीर नगल्ने केमिकल प्रयोग गरेर उनको शरीर अध्ययनका लागि राखिने छ ।सत्यमोहनले मृत्युपछि आफ्नो शरीर किष्ट मेडिकल कलेजलाई अध्ययनका लागि शरीर दान गर्ने घोषणा पहिल्यै गरेकाले उनकै इच्छा अनुसार हुने ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले बताए ।

प्रकाशित मिति २०७९ असोज ३० गते आइतबार ११:०५
हजुरको प्रतिक्रिया