२०८३ साउन २१ गते बिहीबार

बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो

बझाङमा जीप दुर्घटना : मृतकको संख्या ७ पुग्यो

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक २ गते बुधबार ०७:५८

बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो ।

बझाङ । बझाङमा बुधबार भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या ७ जना पुगेको छ । मष्टा गाउँपालिका १ तुफानडाँडा नजिकै जीप दुर्घटना हुँदा ७ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । यस्तै दुर्घटनामा  ६ जना घाइते भएका छन् ।

बुधबार साढे ४ बजे मष्टा गाउँपालिका १ डुग्रीबाट भातेखोला जाने क्रममा सु.प.प्र.००१ च ११७ नम्बरको जीप दुर्घटना भएको हो । जीप दुर्घटना भई सडक भन्दा झण्डै ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित मिति २०७९ कात्तिक २ गते बुधबार ०७:५८
हजुरको प्रतिक्रिया