२०८३ साउन २१ गते बिहीबार

पोखराको चाइनापुल तल सेती खोचमा घाइते अवस्थामा एक युवा भेटिए

पोखराको चाइनापुल तल सेती खोचमा घाइते अवस्थामा एक युवा भेटिए

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १६ गते शुक्रबार ११:२२

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ स्थित चाइना पुल तलको सेती खोचमा घाइते अवस्थामा एक युवा भेटिएका छन । घाइते अवस्थामा चाइना पुल मुन्तिर एक युवालाई देखेपछि पैदलयात्रुले प्रहरीलाई खबर गरेका हुन । अहिले कास्की प्रहरीले युवालाई...

प्रहरीद्धारा उद्दारको प्रयास

पोखरा । पोखरा महानगरपालिका वडा नं ९ स्थित चाइना पुल तलको सेती खोचमा घाइते अवस्थामा एक युवा भेटिएका छन । घाइते अवस्थामा चाइना पुल मुन्तिर एक युवालाई देखेपछि पैदलयात्रुले प्रहरीलाई खबर गरेका हुन ।

अहिले कास्की प्रहरीले युवालाई उद्दारको प्रयास गरेको छ ।

प्राप्त जानकारी अनुसार ती युवा आफै आत्महत्याको प्रयास गरेका हुन वा अन्य कुनै कारणले उनी सेती खोचमा खसेका हुन भन्ने विषय जानकारीमा आइसकेको छैन ।
चाइनापुलबाट तल सेतीको खोचमा एक युवालाई घाइते अवस्थामा देखिए पछी पैदल यात्रीले प्रहरीलाई खबर गरेका थिए । घटनाको थप जानकारी आउन बाकीँ रहेको छ ।

प्रकाशित मिति २०७७ असोज १६ गते शुक्रबार ११:२२
हजुरको प्रतिक्रिया