२०८३ साउन २१ गते बिहीबार

धनुषामा २० लाखसहित दुई जना पक्राउ

धनुषामा २० लाखसहित दुई जना पक्राउ

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ३ गते बिहीबार ०३:३०

प्रहरीका अनुसार उनीहरुलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा बुझाइने छ ।

धनुषा

धनुषामा स्रोत नखुलेको २० लाखसहित २ जना पक्राउ परेका छन् । प्रहरीका अनुसार सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय बजरंगप्रसाद गुम्ता र २२ वर्षीय आषीश कामद छन् ।

 

धुनषाको सबैला नगरपालिका १२ रघुनाथपुरको नहरचोकमा जाँच गर्ने क्रममा उनीहरुको साथबाट स्रोत नखुलेको २० लाख बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले बताएको छ । प्रदेश —०१—०२—०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार थिए ।

 

प्रहरीका अनुसार उनीहरुलाई कारबाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा बुझाइने छ ।

 

प्रकाशित मिति २०७९ कात्तिक ३ गते बिहीबार ०३:३०
हजुरको प्रतिक्रिया