२०८३ साउन २१ गते बिहीबार

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपतिमा निर्वाचित

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ६ गते आइतबार ११:२२

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् ।

सी जिनपिङ तेस्रो पटक चीनको राष्ट्रपति बनेका छन् । एक दशकदेखि सत्तामा रहेका सीले तेस्रो पटक सत्तामा आएर दशकौँदेखि चल्दै आएको कीर्तिमान तोडेर इतिहास समेत रचेका छन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को अधिवेशनमा उनी पुनः पार्टीको महासचिवमा निर्वाचित भए । अब सी पाँच वर्षसम्म यही पदमा रहनेछन् ।

चिनियाँ कम्युनिस्ट पार्टीका संस्थापक माओत्सेतङको निधनपछि कुनै पनि नेता तेस्रो पटक सत्तामा आउन सकेका थिएनन् । सीले पार्टीको अध्यक्षमा निर्वाचित भएपछि नयाँ स्थायी समिति पनि घोषणा गरेका छन् । आज बसेको पहिलो केन्द्रीय कमिटीको निर्णय सार्वजनिक गर्ने द ग्रेट हल अफ दि पिपुलमा भएको पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति सीले टोली घोषणा गरे ।

केन्द्रीय कमिटीले दोस्रो नेताको रुपमा ली चिआङलाई चयन गरेको छ । ली चीनको नयाँ प्रधानमन्त्री बन्नेछन् । उनले ली खछ्याङलाई प्रतिस्थापन गर्नेछन् ।  हिजो सम्पन्न पार्टीको २०औँ महाधिवेशनले २ सय ५ सदस्यीय केन्द्रीय कमिटी चयन गरेको थियो। 

प्रकाशित मिति २०७९ कात्तिक ६ गते आइतबार ११:२२
हजुरको प्रतिक्रिया