२०८३ साउन २१ गते बिहीबार

भोलि सूर्यग्रहण दिउँसो ४ बजेर ५२ मिनेटदेखि

भोलि सूर्यग्रहण दिउँसो ४ बजेर ५२ मिनेटदेखि

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ७ गते सोमबार ०८:५९

नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने र विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने विज्ञहरु बताउँछन् ।

भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।

दिउँसो लाग्ने खण्डग्रास सूर्यग्रहण पहाडी र खुल्ला क्षेत्रबाट मात्रै देखिन्छ । खण्डग्रास सूर्यग्रहणमा चन्द्रमाले सूर्यको केही भाग मात्र छेकेको देखिन्छ ।

नाङ्गो आँखाले भने ग्रहण हेर्न नहुने र विशेष किसिमको चस्मा लगाएर वा पानीमा छायाँ पारेर हेर्न सकिने विज्ञहरु बताउँछन् ।

धार्मिक मान्यता अनुसार ग्रहण लागेको बेला खान नहुने धारणा रहेपनि विज्ञान अनुसार ग्रहणका बेला खाना खाँदा कुनै असर नगर्ने दाबी विज्ञहरुको छ। 

प्रकाशित मिति २०७९ कात्तिक ७ गते सोमबार ०८:५९
हजुरको प्रतिक्रिया