२०८३ साउन २१ गते बिहीबार

लमजुङमा मिनि बस धान खेतमा खस्याे : एकको मृत्यु, तीन जना घाइते

लमजुङमा मिनि बस धान खेतमा खस्याे : एकको मृत्यु, तीन जना घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७७ असोज १७ गते शनिबार १०:४६

पाेखरा  । लमजुङको उदिपुरमा रात्री बस दुर्घटना भएकाे  छ । सनिबार साँझ ७ः४५ बजे भएको बस दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुईको अवस्था गम्भिर भएको हुँदा पोखरा रिफर गरिएको जिल्ला अस्पतालले...

घाइतेकाे थप उपचारका लागि पाेखरा रिफर

पाेखरा  । लमजुङको उदिपुरमा रात्री बस दुर्घटना भएकाे  छ । सनिबार साँझ ७ः४५ बजे भएको बस दुर्घटनामा एक जनाको मृत्यु हुनुका साथै तीन जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ । दुईको अवस्था गम्भिर भएको हुँदा पोखरा रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

ग १ ख ६५०१ नम्बरको यात्रु बाहक मिनि बस बेसीशहर नगरपालिका– १ उदिपुरमा दुर्घटना ग्रस्त भएको प्रहरीले बताएको छ । प्रहरीका अनुसार बेलुका ७ः४५ बजे दुर्घटनामा भएको हो । घट्नामा घाइते भएका चार मध्ये एक जनाको जिल्ला सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएकाे अस्पतालका प्रमुख हेमन्त श्रेष्ठले बताए ।  मृतक बेसीशहर नगरपालिका– १ को घिमिरे गाउँ निवासी २६ वर्षीय अर्जुन परियार रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

उद्दार गरिएका घाइते यात्रुहरू चार जनाको उपचारका लागि लमजुङ सामुदायिक अस्पतालमा पठाइएको उदिपुर स्थित अस्थाई प्रहरी बिटका इन्चार्ज प्रहरी हवल्दार दिपेन्द्रराज पन्तले जानकारी दिए । उनका अनुसार बस सडकबाट करिब एक सय मिटर तल धान खेतमा खसेको हाे । उद्दार कार्य जारी रहेको छ र थप विवरण आउन बाँकी रहेकाे उनकाे भनाइ छ । बसका चालक सम्पर्क बाहिर रहेको हुँदा यात्रुको संख्या के कति थियो भन्ने एकिन हुन नसकेको प्रहरी हवल्दार पन्तले बताए।  बसका चालकको खाेजी भइरहेकाे र बसमा अन्य के कति यात्रु थिए भन्ने बारे बुझ्ने प्रयार जारी रहेको छ ।

उक्त बस उदीपुर बजारको घुम्ती कट्नासाथ धान खेतमा खसेको थियो । अँध्यारोका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जनाएकाे छ ।

घाइतेहरूमा बेसीशहर नगरपालिका– ४ का २८ वर्षीय मनोज गुरुङ, सोही वडाका १९ वर्षीय दिपेन्द्र गुरुङ र राइनास नगरपालिका– ९ का सुदीप नेपाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख गंगाबहादुर थापा जानकारी दिएका छन । उनका अनुसार मनोज र सुदीपको थप उपचारका लागि पोखरामा रिफर गरिएको छ ।

प्रकाशित मिति २०७७ असोज १७ गते शनिबार १०:४६
हजुरको प्रतिक्रिया