२०८३ कात्तिक ११ गते मंगलबार

बन्दुकको छर्रा लागेर माछापुच्छ्रे गाउँपालिकामा एक महिला घाइते

बन्दुकको छर्रा लागेर माछापुच्छ्रे गाउँपालिकामा एक महिला घाइते

पब्लिक टिभी संवाददाता

@Public 4K Tv

२०७९ कात्तिक ८ गते मंगलबार ०९:१५

घटनापछि प्रहरीले एकजनालाई बन्दुक सहित पक्राउ गरेको छ ।

पोखरा । कास्कीमा बन्दुकको छर्रा लागेर एक महिला शुक्रबार घाइते भएकी छन् । माछापुच्छ्रे गाउँपालिका २ खैमराङमा घाँस काट्दै गरेकी महिलालाई बन्दुकको छर्रा लागेको हो ।

घटनापछि प्रहरीले एकजनालाई बन्दुक सहित पक्राउ गरेको छ । कास्की प्रहरी प्रबक्ता डीएसपी सुन्दर तिवारीका अनुसार स्थानीय आइत सिंह तामाङलाई बन्दुक सहित पक्राउ गरिएको हो ।

उनलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ८ दिन म्याद थप गरी अनुसन्धान थालिएको छ । घाइतेको फिस्टेल अस्पतालमा उपचार भैरहेको छ ।

प्रकाशित मिति २०७९ कात्तिक ८ गते मंगलबार ०९:१५
हजुरको प्रतिक्रिया